Loading...
मधेश चाँडै मरुभुमिमा परिणत हुने प्रदेश प्रमुख कायस्थको खुलाशा, सँघियता समाप्त पार्ने खेल सुरु

ब्रम्हानन्द ठाकुर

२३ आसार, जनकपुरधाम । चुरे क्षेत्रको सँरक्षण हुन नसके दक्षिणी पुर्व तर्फको मधेशको भुभाग मरुभुमिमा परिणत हुने प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले चिन्ता ब्यक्त गर्नुभएको छ ।
सेवा निवृत्त कर्मचारी परिषदको १५ औ साधारण सभाको जनकपुरधाममा उद्धघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सेवा निवृत कर्मचारीहरुसँग बिशेष अनुभव रहेकोले आ आफ्नै अनुभवका आधारमा मधेशको भुभाग मरुभुमि हुनबाट जोगाउन निजामती कर्मचारीहरुसँग सहकार्य गरी समय समयमा सुझाव दिनुपर्ने बताउनुभएको छ । निवृत कर्मचारीहरुसँग रहेको अनुभव आदान प्रदान गरी देशको विकासमा लाग्नुपर्ने उहाँको भनाई थियो ।
यस्तै, कार्यक्रममा साँसद शिवचन्द्र चौधरीले वर्तमान सरकार सँघियता समाप्त पार्ने खेलमा लागेको आफुलाई महशुस हुँदै गईरहेको बताउनुभयो । त्यस्तै, प्रदेश साँसद राम अशिष यादवले सेवा निवृत कर्मचारीहरु प्राय ज्येष्ठ नागरिक हुने गरेको र त्यस उमेरमा बिभिन्न खाले मानसिक तनाव रहेकोले तनाव मुक्त हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा परिषदका सेवा निवृत कर्मचारीहरुले सँगठनको अवस्था हाल अत्यन्तै दयनिय र कमजोर रहेकोले सबल तथा मजबुत बनाउन उपयुक्त सल्लाह दिँदै आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा ब्रहमाकुमारी राजयोग सेवा केन्द्र जनकपुरका दृजना दिदी तथा जगदिश भाईको समेत उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *