
काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीका समर्थकहरुले काठमाडौंमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली हावा भरिएको बेलुन जस्तै भएको भन्दै उनीहरुले सियोले घोचिदिएपछि आफ्नो हैसियतमा आउने बताएका छन् ।
८ दिनदेखि जुम्लामा अनसनरत डा. केसीको समर्थनमा माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता ओम अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली ‘माफिया’को प्रवक्ता बनेको आरोप लगाउंदै उनले भने -” डा. केसीको अनसन र माथेमा आयोगको प्रतिवेदनमा आधारमा आएको अध्यादेश तुहाएको भन्दै उनले भने ‘उखान टुक्काको विज्ञ त मानेकै थियौं, अब चिकित्सा शिक्षाको विज्ञ पनि भएछन् । किनभने मेडिकल माफियाले उनको कान फुकेका छन् ।
Facebook Comments