Loading...
गैर आवाशीय संघ र जानकी मन्दिर गुठिबीच बिधुतियकरण मार्फत सजावट गर्ने सम्झौता

घनश्याम मिश्र

गैर आवाशीय नेपाली संघ र जानकी मन्दिर गुठि बीच जानकी मन्दिरलाइ बिधुतियकरण मार्फत सजावट गर्ने सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ परियोजनाका लागि पहलकर्ताका भूमिका निर्वाह गर्दै रहनु भएका स्थानिय युवा मनिष झाले सो कुराको जानकारी गराउनु भएको हो ।
भोलि सोमबार यस कार्यक्रममा नगर प्रमुख लालकिशोर साह , गैर आवाशीय नेपाली संघका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोको उपस्थितिमा जानकी मन्दिर मान महन्थ राम तपेश्वर दास बैष्णव र गैर आवाशीय नेपाली संघका बर्तमान अध्यक्ष भवन भट्टले सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको छ । यस परियोजनाका लागि निरन्तर प्रयाशरत एन आर एन का सल्लाहकार द्वय रामेश्वर साह एवं सुभाष अधिकारिको उपस्थिति समेत रहने र परियोजनाका लागि अनुमानित लागत साढे तिन करोड रहेको जानकारी मनिष झाले दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *