Loading...
पत्रकार तथा डाक्टरलाइ लक्षित गरि नयाँ मुलुकी ऐन ल्याइएको हो – संबिधानविद त्रिपाठी

बरिष्ठ अधिवक्ता तथा संबिधानविद दिनेश त्रिपाठीले सरकारले ल्याएको नया मुलुकी ऐन धेरै कुराहरुमा राम्रो भए पनि पत्रकार तथा डाक्टरका लागि लक्षित गरेर ल्याइएको बताउनु भएको छ । आज बिहान काठमाडौँ महानगर पालिकादवारा संचालित मेट्रो एफ एम ९४.६ मेघाहर्जको प्रस्तुति कार्यक्रम मन्थनमा सो कुरा बताउनु भएको हो ।

पत्रकार सरोज खिलाडीसंग कुराकानी गर्दै उहाले भन्नु भयो -” यो मुलुकी ऐन पत्रकार तथा डाक्टरको हितमा छैन, अब डाक्टरलाइ चेक गर्न समेत डर लाग्छ भने पत्रकारलाइ लेख्न र फोटो खिच्न समेत डर लाग्ने भयो । एक प्रश्नको जवाफ दिदै उहाले भन्नुभयो-” जनताले जिताएर पठाएको सभासद यदि संसद भवनमा निदायो भने उसलाइ खबरदारी गर्न उसको फोटो पत्रकारले खिच्न पाउने कि नपाउने ? तर यो मुलुकी ऐनले बन्देज लगाएको छ, पत्रकारलाइ थुनामा राख्न सकिने ऐन सरकारले ल्याएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *