Loading...
केपी ओली जनकपुरमा, कालो झण्डा प्रदर्शन, सांसददवारा संसद बहिष्कार, दर्जनौ पक्राउ (भिडियो)

सरोज खिलाडी

२ भदौ, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न आज जनकपुर आएका छन् ।

जनकपुर आएका ओलीलाईसभामुख तथा उपसभामुखले फूलमाला लगाइदिएर स्वागत गरेका छन् । प्रधानमन्त्रीको स्वागतमा प्रदेश सभा सदस्यहरु पनि उपस्थित थिए । सम्बोध शुरु गर्नुअघि प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्यमन्त्री, सभामुख, उपसभामुख र अन्य वरिष्ठ मन्त्रीबीच छलफल भएको थियो । यता मधेश आन्दोलन गराउनमा केपी ओली को हात रहेको र मधेशीलाइ जानी जानी मार्न लगाएको भन्दै जनकपुर्का युवाहरुले ठाउ ठाउँमा कालो झन्डा देखाउन तयार भएका थिए ।

प्राप्त समाचार अनुसार जनकपुरका दर्जनौ युवाहरुलाई जनकपुरको हनुमान नगर प्रहरी चौकीमा राखिएको छ । पक्राउ पर्नेमा प्रशान्त झा, संजय यादव, जानी खान,कमलेश यादव, सरोज मिश्र, पंकज शाह लगायतका छन् । यता संसद सुरू हुनासाथा आफ्नो बिचार राखि तीन जना प्रदेश सभा सदस्य उपेन्द्र महतो, बिक्की यादव र गौरी नारायण साहले प्रधानमन्त्रीको सम्बोधन बहिस्कार गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *