Loading...
फाँसी होइन, बलात्कारीको ‘लिङ्ग’ काट्नु पर्छ – संझना पौडेल

मानिस सर्वाधिकार होइन । तर कानुन भन्दा जो कोही माथि जान खोज्छ, उ कानुन त कठघरामा उभिनुपर्छ, भन्ने मेरो मान्यता हो ।

उसो भए के हरेक दिन ३ जना नारी बलत्कार हुँदै जाने हो ? ८ महिने नानि देखि ७० बर्षे हजुर आमासम्मले घरमा, मन्दिरमा, बाटोमा, शौचालयमा निर्धक्कको साथ जान नपाउने नै हो त ? यस्तो स्थिति कहिलेसम्म ?

त्यहिलेसम्म जबसम्म अपराधिक मानसिकतामा कमि आउदैन। अन्याय र कुर्कमको पश्चताप सयर हुदैन तबसम्म ।

तर यस्को लागि आन्दोलन र नाराबाजी मात्र उपाय हो त ? हैन पक्कै पनि हैन, हुनत म त्यस्तो विज्ञ, जानकार महिला अधिकारकर्मी केहीमा पनि पर्दिन । तर पनि यस्तो हिसांको जरैबाट हल नभएसम्म समाजमा नारीहरु खुल्ला पंक्षि झै हिड्न पाउन्नन् भन्ने मेरो मान्यता हो ।

बलत्कारीलाई नेपाल जस्तो मुलुकमा फाँसि हुनुहुन्न मेरो पनि यस्मा सहमती हो । किनकि फाँसिले मात्र समस्याको समाधान हुदैन । बलात्कारीलाई कडा काहबाही गर्नुपर्छ भन्ने एकदमै राम्रो हो । तर हिजो जस्ति एक समुहले प्लेकाड जुन कुरा लेखेको थियो, त्यो भने एकदम गलत कुरा नै हो । यसरी त संसारनै ठप्प हुन्न ।

बलत्कारको परिभाष के हो ? कस्तो अवस्थामा त्यो भन्ने र नभन्ने ? अब सबैले बुझ्नु पर्ने अवस्था आएको छ, प्लेकाडमा लेखिएको जस्तो ‘मेरो आमाको बलत्कारी बाउ हो’ भने अब कोही पनि बाबुहरुले शीर ठाडो गरेर हेर्ने अवस्था रहन्न ।

तसर्थ यो बिषयमा गम्भिर बहस हुन जरुरी छ । अब पनि सरकार चुप बस्ने हो भने यो अराजक स्थितिले ठुलै रुप लिनसक्छ । यसरी हेर्ने होे भने यहाँ सबै बाबुहरु बलत्कारी भए भन्ने अर्थ लाग्दछ ।

त्यसैले यतिसम्मको मानसिकता पनि नराख्ने पो हो कि ?

म सधै बलात्कारीलाई कानुनी कठघरामा उभ्याउनु पर्छ, जेलको चिसो डन्डिमा राख्नुपर्छ भन्ने मान्छे हुँ । तर पैसा र मिलेमतोमा नछाड भन्ने पक्षमा रहेको छु र सदैव रहनेछु ।

तर अहिले कानुन भन्दा पनि धेरै माथिरहेर जसरी प्लेकार्ड बनाइएको छ । यस्को म घोर विरोधि हुँ, किनकि यो त सब डलरको भाउमा देशमा कलह मच्चाउने सिधा सादा महिलालाई उचालेर आफु ढाडमा टेकेर हिड्ने बाहना मात्र हो । बलात्कारको बिरुद्धमा सबैतिरबाट सशक्त आवाज उठाउनु आवश्यक छ । बास्तविक अपराधीहरु को को हुन, बरु कानुनको कट्घेरामा सडाउन आवश्यक छ ।

तर फाँसिनै दिनु जायज हैन यसो गर्दा कानुन अन्धो हुन्छ । कोही पनि निर्दाेष मारीनु हुन्न फेरी अरुलाई मार्नुपनि त अपराध नै हो हामी फाँसिबाट माथि उठेर नैतिकवादको पाठ सिक्न र सिकाउनु जरुरी छ । कसैलाई मार्न राम्रो होइन । एउटा महिलाको अस्मिताको खेलवाड गर्नुपनि ठिक हैन, अनि कसैको चरीत्र हत्या गर्नुपनि ठिक हैन ।

बलात्कार गर्नेहरु १० बर्ष सजाय काट्छ निस्कन्छ, यतिले पुग्दैन बल्तकारीलाई जन्मकैद हुनु अनिवार्य गर सरकार । एक पटक दिमागले सोचौं नारी हो के एक अपराधि जीवनभर जन्म कैद बस्दा उसलाई हुने पीडा ठुलो कि फाँसिबाद ठुलो ? ताकि उस्ले महशुस गरोस नारीलाई चिर्थदाको पीडा त्यसैले मत भन्छु जन्म कैद गर्नुपर्छ फाँसि हैन ।

फाँसी हुदैमा घटना रोकिने हो भने साउदी अरेबिया, मलेसिया अनि भारत जस्तादेश्मा पनि त फाँसीको सजाय छतर खोइ रोकिएन यस्ता प्रबृत्ति घटनाहरु, त्यसैले यस्ता कुराहरु ठन्डा दिमागले सोच्नुपर्ने समय भएको छ । बरु बलात्कारीको लिङ्ग काट्नु पर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *