Loading...
मात्रिकाको उपस्थितिमा सरकार-ब्यापारी आमने-सामने, दिनभरको तनावपछि आन्दोलन घोषणा

काठमाडौं । जिल्लाबाट आएका गाडीहरु तरकारी झार्दै गरेको अबस्थामा सरकारी टोली पुगेर तरकारी ल्याउने व्यवसायीसँग बिल बिजक हागेको छ , बिल दिन तरकारी आपूर्तिकर्ताले आनाकानी गरेपछि अनुगमन टोलीले २ वटा गाडी नियन्त्रण लिएर कालिमाटी प्रहरी वृत्तमा बुखाएको छ । यता व्यवसायीहरुले अनुगमन जारी राखेर ‘राम्रो नहुने’ धम्की सरकारी टोलीलाई दिएको छ ।

टोलीले बिलबिजक देखाएर अनुगमनमा सहयोग गर्न व्यवसायीलाई भनेपछि व्यवसायीहरुले अनुगमनविरुद्ध नाराबाजी सुरु गरेका छन् । केहीले टोलीका सदस्यलाई ‘तत्काल कालिमाटी नछाडे जे पनि हुन सक्ने’ भन्दै धम्क्याएपछि सरकारी अनुगमन टोली पछाडी ब्याक भएका छन् ।

व्यवसायीले समिति भवनका संगै कालिमाटी बजारको मूल गेट समेत बन्द गराएका छन् । भीड कार्यालयभित्रै प्रवेश गर्न सक्ने अवस्था देखिएपछि सरकारी अनुगमन टोलीले प्रहरी प्रशासन संग सहयोग मागेपछि । प्रहरीको थप टोली आइपुग्यो र तरकारी तथा फलफूल व्यवसायी महासंघका महासचिवलाई पक्राउ समेत गरेको छ ।

सरकारले विरोध गर्नेलाई धरकपड गर्ने संकेत पाएपछि बिचौलिया र व्यापारी पछि हटेका छन् । यसैबिच आपूर्तिमन्त्री मात्रिका यादव सचिवसहित कालिमाटी पुगेका थिए ।

सरकारी अनुगमनको विरोधमा तरकारी फलफूल व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको छ । उसले भोलिदेखि काठमाडौंको कालिमाटी तरकारी बजारमा विक्री वितरण रोक्ने निर्णय नै गरेको छ ।

व्यवसायीले सरकारका विरुद्ध बिरोध जारी राखिरहेको अबस्थामा प्रहरीले बल प्रयोग गर्ने अवस्था देखेपछि व्यवसायीहरु बजारभित्र बाट बाहिर निस्केका थिए भने सरकारी टोली समेत फर्केको छ । महासंघले सोमबार पक्राउ परेका आफ्ना महासचिव खतिवडाको रिहाईको पनि माग गरेको छ । माग पुरा नभए देशभर तरकारीको विक्री वितरण ठप्प पार्ने घिमिरेले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *