Loading...
बकरिदको मुखैमा भयो जोडदार खुलाशा, नेपाली मुस्लिम र शाह राजपरिबार बिच यस्तो छ नाता

वि.सं. ८४० सालतिर नेपालको व्यापारिक सम्बन्ध अरबसँग थियो । त्यतिबेला नेपालबाट कस्तुरी अरबमा निकासी गरिन्थ्यो । यद्यपि त्यतिबेला नेपालमा मुस्लिमहरूको बसोबास रहेको भेटिदैन । नेपालमा मुसलमानहरूको प्रवेशको पहिलो प्रमाण अरबी ग्रन्थ “हूदुद अल् आलम” (सन् ७८३) हो । जसमा “अरबमा नेपालबाट कस्तुरी पठाइन्थ्यो” भन्ने उल्लेख गरिएको पाइन्छ । अरबियन देशहरूमा नेपालबाट कस्तुरी, ऊन र धातुहरूको व्यापार हुने गरेको कुरा पनि उक्त ग्रन्थमा उल्लेख गरिएको छ । लिच्छवी वंशका राजा अंशुवर्माको टिष्टुङ्गको अभिलेखमा नेपालले फलाम, ऊन, चौंरी, कस्तुरी, पित्तलका भाँडाहरू विभिन्न देशमा निर्यात गर्दथ्यो भन्ने उल्लेख गरिएको छ ।
नेपालको बाईसे र चौंबीसे राज्यहरूमा नेपाली सैनिकहरूलाई हातहतियारको प्रशिक्षण दिन भारतबाट मुस्लिमहरू बोलाइएको थियो । मध्यकालीन नेपालमा अफ्गानिस्तान र टर्कीबाट घोडाको व्यापार गर्न आएका मुस्लिम व्यापारीहरू पनि यहाँ आएर बसोबास गरेका थिए ।

नुवाकोटका राजा कुल मण्डन खान सँग दिल्लीका सम्राट प्रशन्न भई उनलाई “शाह” उपाधी दिएका थिए । त्यसपछि कुलमण्डन शाह पछिका उनका वंशज राजाहरुले आफ्नो नामको पछाडि “शाह” उपाधि जोड्दै आइरहेका छन् ।
पृथ्वीनारायण शाहले वि.सं. १७९९ सालपछि नेपाल एकीकरण सुरु गर्दा पनि मुसलमानहरूको ठूलो सहयोग पाएका थिए । गोरखामा हातहतियार बनाउने कार्यमा शेख बज्जर, मुहम्मद बाकीको ठूलो भूमिका रहेको थियो । पृथ्वीनारायण शाहले उपत्यका वरिपरि आर्थिक नाकाबन्दी सञ्चालन गर्दा तिब्बतसँग काश्मिरी मुसलमानहरूले सञ्चालन गरिरहेको व्यापार बन्द हुन गयो । यसबाट काश्मिरी मुसलमानहरू नरिसाऊन् भनेर सन् १७६५ (१८२२ वि.सं.) मा पृथ्वीनारायण शाहले एक मोजाम्जी भन्ने काश्मिरी मुसलमान व्यापारीलाई चिट्ठी लेखी काठमाडौं उपत्यका विजय गरेपछि उनीहरूलाई घरजमिन दिई पुनः व्यापार सञ्चालन गर्न दिने वचन दिएका थिए ।
पृथ्वीनारायण शाहले सन् १७७९ (१८३६ वि.सं.) मा मोजाम्जीलाई उक्त घरजग्गा फिर्ता दिई आफ्नो वचन पूरा गरे । पृथ्वीनारायण शाहले काश्मिरीहरूको बेग्लै मस्जिद स्थापना गर्न शाह मिस्किन सनाउल्लाहलाई अनुमति पनि दिएका थिए । उक्त मस्जिद बनेको ठाउँको जग्गा शाह मिस्किन सनाउल्लाहका पितालाई प्रताप मल्लले प्रदान गरेका थिए ।
पृथ्वीनारायण शाहले नेपाल उपत्यका र नेपालको तराइका भूभागहरू विजय गर्दा बारा, पर्सा, रौतहट, सुनसरी, मोरङ, सर्लाही, सप्तरी, कपिलवस्तु, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा पहिल्यैदेखि ठूलो सङ्ख्यामा मुुसलमानहरूको बसोबास रहेको थियो । ती क्षेत्रहरु दिल्लीका सुल्तानको अधीनमा रहेको र प्रत्येक वर्ष १२ सय रुपियाँ दिल्लीका मुगल सम्राटलाई बुझाउने शर्तमा मकवानपुरका जमिनदारहरूलाई चर्चिएर बस्न दिइएको थियो । यसबाट के प्रष्ट हुन्छ भने त्यसबेला नेपालको पूर्वी तराइको धेरैजसो भूभागहरूमा मुस्लिम शासकको अधिकार रहेको थियो ।

साभार – नेपाल मुस्लिम एकता अभियान

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *