Loading...
बिग्रिनु भन्दा बिगार्ने नै छन् बढी, छोरी-छोरी भन्दै लुटे हरामीले !

सरोज खिलाडी

बिहान बिहान मोर्निंग वाक गरेर हामी ५-७ जना साथिहरु स्वयम्भुको पर्खालमा बस्दै पिकनिक जाने योजना बनायौ । तर साथी रमेश (नाम परिवर्तन) ले भने जम्मा ५-७ जना मात्र मिलेर त के जानु पिकनिक बरु अर्को शनिबार जाउला, म एक दुइ जना साथी पनि खोज्छु । हामी सबै जना हुन्छ भन्दै सहमति जनायौ । फोन सम्पर्कमा बसेरै हामीहरु कुराकानी गर्दा गर्दै शनिबार पिकनिक जान तयार भयौ, रमेशले गाडी नै बुक गरेको रहेछ । हामी १३ जना ९ जना पुरुस र ४ जना महिला साथी थियौ । हामी धेरै टाढा गएनौ, हाम्रो पिकनिक स्पोर्ट बन्यो त्रिभुवन पार्क ।

त्यँहा पुगेपछि केहि साथीहरु खाना बनाउनमा भिड्नु भयो भने कोहि गित बजाएर डान्स गर्न । एकछिन रमाइलो गरेपछि हामी चारजना साथिहरु बिनोद, मुकेश एलिजा (नाम परिवर्तन) र म अलि पर सम्म घुम्न गयौ । फर्किदा त्यहि चौरमा बसेर चारैजना साथिहरु अंतराक्षी समेत खेल्यौ । कुराकानीको क्रममा एलिजाले भनिन –“म बिए दोस्रो बर्षको परिक्षा दिएर बसेकी छु र काठमाडौँ मा एक्लै डेरा लिएर बसेकी छु । मैले नै रमेश सरलाइ पिकनिकको लागि टाढा नजाऔ नत्र भए म जान्न भने पछि उहाले त्रिभुवन पार्क रोज्नु भएको हो । उँहा मेरो दाइको साथी पनि हो । यतिकैमा मैले कुरा काट्दै सोधे-“ एक्लै बस्न डर लाग्दैन तपाइँलाइ” ? उनले भनिन -‘किन डर लाग्छ , आफ्नो समयमा पढ्न जाने आफ्नो समयमा घर फर्किने भने डरको कुरै आउदैन । कसैसंग मतलव पनि हुदैन एलिजाको कुरा सुनेर मलाइ सार्है खुशी लाग्यो र मैले भने राम्रो सोच रहेछ । एलिजा भनिन यस्तो राम्रो साथिहरु संग पिकनिक वा अन्य कुनै कार्यक्रम भयो भने मलाई पनि भन्नुस है म सबै भन्दा अगाडी हुन्छु । साच्चिकै एलिजा सार्है सोझी निर्मल मन भएकी केटि थिइन । हामी चार जनाले एक अर्काको नम्बर आदान प्रदान गरेर पिकनिक तिर लाग्यौ ।

पिकनिक सकेपछि समय मै अर्थात साझ ४-५ बजे तिर हामी आ-आफ्नो घर पुगिसकेका थियौ ।

पिकनिक सकेको झन्डै ५-६ महिना पछि मलाइ एलिजाको फोन आयो र भनिन -” सर आज कतै भेट्न सकिन्छ ? जवाफ फर्काउदै मैले भने भै हाल्छ नि बरु कता तिर भेट्न सकिन्छ ? उनले भनिन दिउसो तिर २-३ बजे बानेश्वर आएर मलाइ फोन गर्नुस न है मैले पनि हस भने र फोन काटे । मैले एलिजालाइ नभेटुन्जेल एउटै कुरा सोच्दै बसे कि पिकनिक कहाँ जाने होला ? पक्कै पिकनिक जाने कुरा नै हो। यिनै कुराहरु मेरो मनमा खेली रह्यो दिउसो करिब ३ बजे म बानेश्वर पुगेर उनलाई फोन गरेर भने कि म सांसद भवन अगाडि छु । तपाई कता हो एलिजा जी ? उनले भनिन ओके म आइ हाले ।

करिब १०-१५ मिनेटको अन्तराल पछि उनि मेरो अगाडि उभि राखिन तर मैले चिन्न सकिन । म त चोक तिर हेरेको हेरै। उनले भनिन हेल्लो सर म एलिजा यता, म त अलमलमा परे ! सोच्न थाले, यी केटि त अघि देखिनै उभेकी थिइन तर मैले किन चिनिन ? फेरि एलिजाको मुखमा हेरे र थाहा पाई हाले । मैले जुन एलिजालाई थानकोटको त्रिभुवन पार्कमा भेटेको थिए, त्यो एलिजा यी एलिजा होइन । सोझो सफा निर्मल मन भएकी एलिजाको कपालको स्टाइल फरक छ, मुख भरि पान पराग र गुटखा छ भने आधा भन्दा पनि सानो लुगा जिउमा, र ठाउँ ठाउँमा च्यातेको पेन्ट पो लगाएर उभेकी थिइन ।

यतिकैमा उनले भनिन सरि सर साथिहरुले गुटखा खाने बानि लाइदिएछ । एकछिन पछि मैले भने ओके ठिकै छ हामि कता बसौ? चिया खाउँ ? जवाफमा उनले भनिन –“जहा बस्नु छ बस्नुस जहा लग्नु छ लग्नुस् म फ्री छु । मैले भने ठिक छ पारि जाउ त्यहा होटेल छ त्यहि बसौला ।  होटेलमा मैले केहि खाने कुरा र चिया भने एलिजालाइ भने अनि पिकनिक जाने योजना बनाउदै हुनुहुन्छ कि? उनले भनिन कुन पिकनिक ? मैले त भनेकी छैन । त्यतिकैमा मेरो मोबाइल कराउन थाल्यो र म एकैछिन भनेर होटेल बाहिर निस्के । फोन महत्वपूर्ण भएको हुनाले करिब १५-२० मिनेट कुरा गर्नुपर्यो । कुराकानी गरेर फर्किदा त होटेलमा बसेका स्टाफदेखि ग्राहकसम्म सबैले मेरो मुखमा टुलुटुलु हेरिराखेका थिए । मलाइ पक्कै केहि भएको छ कि जस्तो लाग्यो । तै पनि म खाजा खान थाले र उनलाई सोधे अरु केहि खानुहुन्छ ? यतिकैमा होटेलका एक जना स्टाफले आएर भन्यो सरि दिदि यहा त पाउँदै पाउँदैन, यो त मिठाइ पसल हो अझ बाहिरको होटेलमा पनि छैन । मैले सोधे,” के के कुरा?” उनि बोलिनन स्टाफले भन्यो रक्सी, मलाई एक चोटिमा बिस्वास पनि लागेन फेरि अर्को चोटि सोध्दा पनि जवाफमा त्यहि आयो रक्सी । उनि हास्दै भनिन सरि, साथिहरु संग बस्दा बस्दै खान थाले ।

नयाँ नयाँ भएर होला है सर रक्सी खान मन लागिरहन्छ । मनमनै मैले भने – बेकार आएको रहेछु, जे होस् यो लास्टै हो अब देखि त दुइटै हातले कान समाए । सायद त्यहि भएर होला सबै जनाले मेरो मुखमा हेर्दै थिए ।  हामी त्यहाबाट निस्कियौ पछि पछि २-३ जना केटाहरु पनि आए । तर मोटर साइकलमा चढेर हिडेको हुनाले उनीहरु फर्के । उनलाई कहिँ छाडेर हिड्न मन लागेको थियो । त्यसैले प्रश्न गरे तपाईलाइ  कँहा छोड्दिउ ? उनले भनिन-“ मलाइ घर जाने मनै छैन तपाइँ संगै बस्न मनलाग्यो” । अहिले घर गएर के गर्ने कतै बसौन, मैले भने “होइन मलाइ काम छ म हिड्छु” । तपाइँलाइ कँहा छोड्दिउ भन्नुस त ? बालाजु (ठाउ परिवर्तन ) बालाजुमा छोडिदिनुस म घर गइहाल्छु । बाटो भरि म रक्सी, गुट्खा र बिना मतलबमा बोलाएको कुराहरु सोच्दै बालाजु पनि पुगे । र भने ल तपाइँको बालाजु पनि आयो । ल झर्नुस त ? उनले भनिन- “ अह झर्दीन, सुन्नुस न सर तपाइँ रक्सि नखाएपनि मलाइ त १-२ ग्लास भएनी खुवाउनुस न ?

मैले धेरै सम्झाए तर उनको जिद अगाडी मेरो केहि लागेन र रक्सी खाने पसल तिर लागे । एकदमै गन्हाउने ठाउ मानौ कि धर्तिको नर्क जस्तो, मलाइ पनि बस्न लगाइन र १ पछि १ गरि ३-४ ग्लास मिण्टौमा चट् पारिन । ३-४ ग्लास पछि त मुडै अर्कै । मलाइ थर्काउदै भनिन- बेकारमा बोलाएको रहेछु तपाइँलाइ ? अरु कसैलाइ बोलाएको भए कति मज्जा हुन्थ्यो । मलाइ घर जान मन छैन भन्दा भन्दै तपाइले मलाइ घर पठाउने ? नामर्द, तपाइँसंगै बस्न मन छ भन्दा भन्दै पनि कतै नलाने, पाखे, ।

जिन्दगीमा पहिलो चोटि कसैले चाहिने भन्दा बढि गालि गरेको थियो । मैले रिसलाइ मुठीमा बन्द गर्दै घन्टौ सम्म सम्झाउने धेरै प्रयास गरे । तर जवाफमा किसिम किसिमका गालिको बर्षा भै राख्यो । एकछिनपछि उनि रुन थालिन र सुनाउन थालिन आफुसंग भएको घटनाको बारेमा ;

‘ मामाले मलाइ पढ्नका लागि काठमाडौँ त ल्याउनु भयो तर केहि महिना मै घरबाट निकाली दिनुभयो । मेरो माइजुको किचकिच सुन्न नसकेर ।  म एकदमै गरिब परिवार कि छोरी हुँ मलाइ लाग्यो कि म फर्केर घर गए भने छर छिमेकले कुरा काट्छन । बरु यहि (काठमाडौँमै) काम गरेर भएपनि पढ्नुपर्छ । तर यी दुनिया स्वार्थले भरिपूर्ण रहेछ मलाइ के थाहा ? म एउटी केटि साथि दिपा (नाम परिवर्तन) संग कामको बारेमा सल्लाह गरे । उसले आफै पनि एम आरको काम गर्दी रहेछे । उ संगै म पनि एम आरको काम सिक्न र गर्न गए । त्यो अफिसको साहुको बयब्हार एकदम राम्रो लाग्थ्यो । छोरी छोरी भतिजी भन्दै गालामा चिमाट्ने जस्ता घिनौना हर्कत गरेपनि म सोझी केटि केहि बुझ्न सकिन । तै पनि नराम्रो लाग्थियो ।  बिरोध गरौ भने जागिरबाट निकाली दिने डर । र एक दिन राति खाना खान जाउ है छोरी भनेर सिनामंगलको रेस्टुरेण्टमा लगे, जँहा जबस्दस्ती उसले मलाइ वाइन खान लगायो । खाएपछि मलाइ केहि यादै भएन म कता छु के हुदैछ । त्यो कुकुरले छोरी छोरी भन्दै बर्बाद पार्यो । (एकछिन रोए पछि) मलाइ धम्कि दिदै आफ्नो साथिहरु कँहा पठाउछन । तर म के गरु ? घरमा भनौ भने आमा बुवा सुनेरै मरिहाल्छन । मैले सोचे बरु अरु स्टाफहरु जस्तै यसमै रमाएर बसे आनन्द’’।

यी कुराहरु सुनेपछि म संग बोल्नलाइ केहि शब्द नै रहेन । यस प्रकार गरिबीका नाममा चेली बेटीलाइ लुट्नेहरु समाजमा सक्रिय भएका छन् । उनी यसै गरिबीको दलदलमा फसिन । अहिले देह ब्यापारमा लागेकी रहेछिन, सायद त्यसैले होला ग्राहक बनाउनका निम्ति मलाइ बोलाएकी रहेछिन ।

म मुक दर्शक झैँ उनको कुरा सुनेपछि उनलाई घर सम्म छोडेर मनमा विभिन्न कुरा खेलाउदै आफ्नो घर पुगे । कति दिन सम्म यी कुराहरु मनमा स्थान  लिइराखेको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *