Loading...
सिरहामा फेला परे समुन्द्री ह्वेल माछा, अनौठो रुप रहेकाले हेर्नेका लागि हजारौको भिड

दिनेश्वर गुप्ता

लहान, ८ भदौ । प्रदेश २ अन्तरगत सिरहाको तिलासी गाउंमा करिब १४ केजी तौल भएको सार्क माछा फेला परेको छ । आज विहान शाखा नहरमा माछा मार्दा गाउंलेहरुले सो माछा फेला पारेको हो । ज्यूदो अवस्थामा सुरक्षित राखिएको उक्त माछा हेर्न गाउं वरिपरिका हजारौको भिड् लागेको महिला पत्रकार सुधा कर्णले बताए । चोहर्वा सिरहा सडक खण्डको पदमपुर चौकदेखि एक किलो मिटर पश्चिममा रहेको सो गाउंको नहरमा उक्त माछा फेला परेको हो । अधिकांशले समुन्द्री ह्वेल माछा रहेको दावी गरिएको छ भने अनोठौ रुप रहेकोले हेर्नेको भिड् लागेको छ । कहाबाट आए ह्वेल माछा यसको बारेमा खोजबिन हुन् बाकि रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *