Loading...
रावलका कारण कंचनपुर अशान्त, बालकको मृत्यु, अनिश्चितकालिन कर्फ्यु, मेयरको घर तोडफोड

८ भदौ, काठमाडौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

शुक्रबार दिउँसोको प्रदर्शनमा प्रहरीको गोली लागेर बालकको मृत्यु भएपछि स्थानीय प्रशासनले साँझ ८ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरी कर्फ्यूको समयमा बाहिर ननिस्कन आग्रह गरेका छन् ।

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ । शुक्रबार नेकपाका नेता भीम रावल दिएको अभिव्यक्तिविरुद्ध कञ्चनपुरमा प्रदर्शन भएको थियो । विद्यार्थीले नाराजुलुसहित गरेको प्रदर्शन उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको जनाइएको छ । यसअघि नेता रावलले कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए ।

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति हुन सक्ने र शान्ति भंग हुन सक्ने हुनाले कर्फ्यं लगाइएको प्रशासनले जनाएको छ ।

भदौ, काठमाडौं । निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत समूहले शुक्रबार कञ्चनपु्रको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेको छ ।

प्रदर्शनकारीले मेयरको घरमा तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेका थिए । तर प्रहरी टोलीले आगजनी हुनबाट भने रोकेको थियो ।
प्रदर्शनकारीले ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ ।

rmkhabar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *