
९ भदौ, काठमाडौं । एसपी डिल्लीराज विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई गृह मन्त्रालयले निर्देशन दिएको छ भने डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टरमा बोलाएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्यालाई लिएर आन्दोलन हुँदा एसपी डिल्लीराज विष्टलाइ स्थानीयले उनकै छोरा समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।
आज गृह मन्त्रालयमा भएको बैठकमा मन्त्री रामबहादुर थापा बादलले अनुसन्धान प्रक्रिया पुरा नहुँदासम्म एसपी विष्टलाई निलम्बन गर्न निर्देशन दिएका हुन्
।
Facebook Comments