
नौ सूत्रको एक अर्को रहस्य पनि छ, “अष्टचक्रा नवद्वारा देवानां पूरयोध्या” आठ चक्र र नौ द्वार भएको एक नगर छ, त्यो नगर हो मानव (देह । यज्ञोपवीतका नौ सूत्रले हामीलाइ एक सुन्दर सन्देश दिईरहेका छन् — प्रत्येक द्वारमा एक(एक प्रहरी नियुक्त गर जसबाट कुनै पनि दुर्गुण हामी भित्र प्रवेश गर्न नसकोस् । यी नौ द्वार मध्ये दुई आंखा, दुईकान, दुई नासिका छिद्र र एक मुख यी सात भए । यिनीहरूका लागि वेदमा भनेको छः “सप्त ऋषयः प्रतिहिताः शरीर” हाम्रा शरीरमा सात ऋषि (सप्तऋषि)हरू बसेका छन् । हामीले ज्ञानद्धारा मात्र यिनीहरूलाई ऋषि बनाउन सकिन्छ । यी अङ्गहरु ऋषि बने भने जीवनको कल्याण हुनेछ तर यी राक्षस वन्न पुगे भने जीवनको विनाश हुन्छ । बांकी दुई द्वार हुन् मल(मूत्र विसर्जन गर्ने छिद्र । यस प्रकार मानव देहमा नौवटा द्वार छन् ।
मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् ।
आत्मवत् सर्व भूतेषु यः पश्यति स पश्यति ।।
परनारीहरूलाई माताका समान, अर्काको धनलाई माटाको डल्ला समान र सबै प्राणीहरूलाई आफ्नै समान हेरौं किनकी यस्तो देख्ने नै वास्तवमा देख्ने हो ।
कानले हामी असल ज्ञानदायक कुराहरुमात्र सुनौं । यज्ञोपवीतधारी जीवन वेदमय हुनुपर्छ । वेदले पनि -“भद्रं कर्णेभिः श्रृणुयाम ‘ ” अर्थात हामी कानले उत्तम कुरा सुनौं भनेको छ । यस्तै प्रकार नाकले उत्तम् दिव्य गन्धनै सुघौं, ‘ओ३मंको जप गरौं’ ( यो जप नाकबाटै हुन्छ ) । विषय वासनाको गन्धमात्र नसुंघौं ।
जिहृवाले सधै मिठो मधुर र शुद्धवाणी बोलौं । कटुभाषण, मिथ्या भाषण र बेकामे गफ नगरौं ।
उपसथ र गुदालाई पनि संयममा राखौं, सच्चा, सदाचारी वनौं र ब्रहृमचार्य पालना गरौं । यही नै जनैको नौ सूत्रीय विज्ञान हो ।
सत्व, रज, तम, (प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरू देखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ । माता, पिता र आचार्य यी तीन गुरू हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ ।
स्वीट्जरल्यान्डका स्थायी बासिन्दा ‘रुडोल्फ होगर’ले हिन्दू धर्मावलम्बी तागाधारीहरुले लगाउने जनै र यसको ऐतिहासिक पक्षलाई समेटेर ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । पुस्तकमा जनै, यसको धार्मिक एवं ऐतिहासिक महत्व र आधुनिक समाजमा मानिसको मनोवैज्ञानिक पक्षलाई पार्ने सकारात्मक प्रभावलगायतका विषयहरुलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । होगर’ले जनैलाई दी पावर अफ ट्रीनिटी को रुपमा व्याख्या गरेका छन् ।
वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ रहने पत्ता लागेको छ ।
के के कारणले जनै लगाउनाले मानिसको स्वास्थ्यलाई सकरात्मक प्रभाव पार्छ त :
-यसले हृदय रोगको सम्भावनालाई कम गर्छ ।
-चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुन्छ ।
-पिसाब फेर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्दछ ।
-निन्द्रामा भुत प्रेत आदिबाट हुने ऐठन आदिको भयबाट पनि मुक्ति मिल्छ ।
-काँधमा जनै लगाउनाले पेट सम्वन्धि रोग तथा रक्तचापको समस्याबाट बच्न सकिन्छ ।
-यो पनि मानिन्छ कि शरीरको मध्यभागबाट पिठ्युमा जाने एक प्राकृतिक रेखाले विद्युत प्रवाहको काम गर्छ ।
-यो रेखा दायाँ काँधबाट कम्मरसम्म फैलिएको हुन्छ, त्यसैले जनै लगाउनाले विद्युत प्रवाह नियन्त्रित हुन्छ ।
जसको कारण काम क्रोधमा नियन्त्रण राख्न सजिलो हुने विश्वास गरिन्छ । जनैमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन् । जनै अत्यन्त प्राकृत र पवित्र वस्तु हो, यो सृष्टिकर्तासँगै जन्मिएको हुँदा यसको धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुन्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन यस दिन विहान नदी वा तीर्थतटमा सम्मिलित भई वैदिक विधि अनुसार स्नान, सूर्य आराधना, प्राणायाम, अग्निहोत्र, ऋषिपूजन आदि कामद्वारा शारीरिक, मानसिक एवं आध्यात्मिक शुद्धिका कर्महरु गरिन्छ ।
सन्द्रर्भ साभग्रीहरु
सामवेद
अथर्ववेद
यजुर्वेद
हाम्रो डक्टर
लेखक तथा संकलक :
ज्योतिषी डिपि भण्डारी
फोन न.९८०८३०७२७५
ratopati.com
Facebook Comments