
बीबीसी
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै सुविधासम्पन्न प्रधानमन्त्रीनिवासमा नबस्ने घोषणा गरेका छन् । सरकारी स्तरमा फजुलखर्च र देखावटीलाई अंकुश लगाउन उनले अर्को घोषणा गरेका छन् ।
इमरानले विदेशी र घरेलु यात्राका लागि विशेष विमानको प्रयोग नगर्ने बताएका छन् ।
पाकिस्तानको नयाँ सरकारले नेता, मन्त्री, न्यायाधिस र सरकारी अधिकारीलाई विमानलाई पहिलो दर्जा (फर्स्ट क्लास) मा यात्रा गर्न पनि रोक लगाएको छ । यो सूचीमा राष्ट्रपति र प्रधानमन्त्री पनि समावेश छन् ।
समाचार एजेन्सी पिटिआईले पाकिस्ताका सूचना मन्त्री फवाद चौधरीलाई उद्धृत गर्दै भनेको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीसमेत सबै सरकारी अधिकारी, मुख्य न्यायाधिस, सिनेटका अध्यक्ष, राष्ट्रिय सभाका प्रवक्ता र मुख्यमन्त्री क्लब–बिजनेस क्लासमा यात्रा गर्नेछन् ।’
पाकिस्तानको अर्थव्यवस्था धराशयी छ । पाकिस्तानको मुद्रा लगातार कमजोर भइरहेको छ र देश ऋणमा डुबिरहेको छ । आर्थिक स्थितीलाई सुधार गर्नु नयाँ सरकारका लागि सबैभन्दा ठूलो चुनौती मानिएको छ ।
पाकिस्ताको आम निर्वाचनको नतिजाको घोषणालगत्तै देशको नाममा पहिलो सम्बोधनमा नै इमरान खाने सरकारी खर्चमा कटौतीको सन्देश दिएका थिए ।
इमरान खानले भनेका थिए, ‘सरकार निकै साधारण हुनेछ । नेताहरुले आफूमाथि अत्यधिक रकम खर्च गर्ने गर्छन् । करदाताहरुको रकम अनावश्यक रुपमा अत्यधिक खर्च गरिदिन्छन् । म देशको करको रक्षा गर्नेछु ।’
ratopati
Facebook Comments