Loading...
१३बर्षिय बालिकालाइ पटकपटक बलात्कारगर्ने बस्नेत बलात्कार गर्दागदै पक्राउ,यसरी दिन्थे धम्कि

इटहरी । सुनसरीको बराहक्षेत्रमा एक १३ बर्षिय बालिका छिमेकीबाट पटक पटक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बहारक्षेत्र नगरपालिका ८ पुलाह कि बालिकालाई चकलेटको प्रलोभन देखाई ३६ बर्षिय लाल बहादुर बस्नेतले बलात्कार गदै गर्दा बालिकाको घरमै रङ्गेहात पक्राउ परेका हुन । बस्नेतले बिहिबार राती ९ बजे बालिकाको घरमा प्रबेश गरेर जवजस्र्ती गरेका थिए । पछि बालिकाको आमा र बहिनीले देखेपछि बस्नेत घटनास्थलबाट फरार भएका थिए । उनलाई प्रहरीले खोजी गरेपछि शनिबार आफै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आत्मसमर्पण गरेका थिए ।

बस्नेत घरमा कोही नभएको मौका छोपी बालिकालाई यस अघि पनि चकलेट देखाई जवरजस्र्ती गदै आएको पिडित परिवारको भनाई छ । बस्नेतले बालिकाको आमालाई ‘कसैलाई भनिस् भने परिवार नै सखाप पार्छु’ भन्ने धम्की दिदै आएका थिए ।  बालिकाको बुवा भने घरायसी कामले पहाड बस्दै आएका छन् । घरमा बालिकाको आमा र बहिनि मात्र गरेका थिए ।

घटना पछि पनि बस्नेत परिवारबाट धम्की दिन नरोकिएपछि घर छाडेर मामलमा बस्दै छन् । घरमा ताला लगाएर बहिनि र भान्जी अहिले शरण लिन आएको मामा धन बहादुर राउतले बताए । उनका अनुसार घरको गाँइबस्तु हेर्न जादा समेत कुटपिट गर्ने र मार्ने धम्की दिइरहेका छन् । प्रहरीलाई जानकारी गराएपनि वास्ता नगरेको राउतको भनाई छ । यता भान्जीको बलात्कारको मेडिकल रिर्पाेट माग्दा समेत प्रहरी नदिएको उनले बताए ।

बालिकाको स्वास्थ्य सामान्य रहेपनि रातको समयमा झस्किने र चिच्याउने भइरहेको राउतले जानकारी दिए । ‘घटनाको बिषयमा गाँउलेहरु पनि बस्नेतको पक्षमा देखिएका छन,’ राउतले भने ‘हामी पिडित हुदासम्म कोही हाम्रो पक्षमा बोल्दैन’ ।  इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जिवन तामाङ्गले घटनाको बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए । मेडिकल रिर्पाेट आउन अझै समय लाग्ने भएकाले बुझेर मात्र आफुले बोल्ने पूर्वेली न्यूजलाई जानकारी दिए ।

पूर्वेली न्यूज बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *