Loading...
अपहरण भएकी औरहिकी ७ महिने बालिकाको घाटी थिचेर हत्या, यसरी भेट्यो शव !

औरही नगरपालिका वडा नं. १ स्थित अफ्नै कस्मेटिक पसलबाट आइतबार साँझ अपहरणमा परेकी ७ महिने बालिका मृत भेटिएकी छन् ।

भंगहा नगरपालिका वडा नं. ७ मेघनाथ गोरहन्ना स्थित आँपको बगँैचामा उनी मृत भेटिएकी हुन । उनको घाँटी थिचेर मारेको घटना स्थलको प्रकृतिले देखाएको प्रहरीले जनाएको छ ।

बालिकाको शव नाङ्गो अवस्थामा रहेको र कपडाहरु शव वरिपरि फालिएको प्रत्यक्षदर्शीले बताए । घटना स्थलमै एउटा चशमा र विस्कुटको प्याकेट समेत फेला परेको छ । उक्त स्थान औरही बजारबाट करिब एक किलोमिटरको दुरिमा छ ।

यसरी भएको थियो अपहरण
आइतबार साँझ आफ्नै पसलमा खेल्दै गर्दा एक अपरिचत व्यक्तिले बालिका झुक्याएर लगेका थिए । औरही नगरपालिका १ स्थित पसलको काउण्टरमा खेल्दै गरेकी बालिका सोनाली चौधरीलाई अपरिचित व्यक्तिले लगेका थिए । बच्चा लग्ने व्यक्तिको सिसिटिभी फुटेजबाट पहिचान भैसकेको र तत्कालै उनको खोजी प्रहरीले गरेको थियो । यता महोत्तरी उद्योग वाणिज्य संघ औरही शाखाले समेत बजारका सवै पसल बन्द गरेर ब्यापारीहरु सोमवार विहान बच्चाको खोजीमा निस्केका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *