Loading...
प्रदेश २का सरकारले फेरि दिए १ शहिद परिवारलाइ रोजगारी, रोजगारीका लागी आह्वान

जनकपुरधाम, भदौ १२ । तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई प्रदेश सरकारले रोजगारी दिएको छ ।
प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप प्रदेश मुख्य न्यायधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो । आज एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गर्नु भयो ।
नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताउनु भयो । उहाँले भन्नु भयो ,‘हामी आह्वान गरि सकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनु हुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।
यस अघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको छ । मुख्य न्यायधिवक्ता कार्यालयले हाल सम्म २ जना शहीद परिवारलाई रोजगारी उपलब्ध गराएको हो । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उहाँहरुलाई रोजगारी दिइएको छ । निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउदै आएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *