Loading...
केपी ओली जति चिच्याए पनि प्रदेश नं. २को समृद्धिले मात्र नेपालीको सपना पुरा हुन्छ: मुख्यमन्त्री राउत

लहान, भदौ १३ । मुख्यमन्त्री लालबाबु राउतले मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न आह्वान गर्नु भएको छ ।
लहानमा आयोजित नेपाल राष्ट्रिय मारबाडी परिषदको १५ औ वार्षिक साधारण सभा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागि मारवाडी समुदायको सहयोग आवश्यक रहेको बताउनु भयो ।
प्रदेश सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न कदम चाली सकेको उल्लेख गर्नु हुँदै उहाँले लगानी सुरक्षाको चिन्ता नगर्न आग्रह समेत गर्नु भयो ।
प्रदेश प्रहरी गठन भए लगतै सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको मातहतमा आउने भएकाले उद्योगी व्यवसायीलाई सुरक्षाको पूर्ण ग्यारेन्टी दिइने उहाँले बताउनु भयो ।
समृद्ध नेपाल खुशी नेपालीको सपना प्रदेश नं. २को समृद्धिले मात्र पुरा हुने बताउनु हुँदै मुख्यमन्त्री राउतले प्रदेशको समृद्धिको लागी सबैलाई एकजुट भएर अघि बढनु पर्ने उल्लेख गर्नु भयो ।
प्रदेशमा संचालित बेटी पढाउ, बेटी बचाउ र मुख्यमन्त्री स्वच्छता अभियानमा समेत आ–आफनो ठाँउबाट सहयोग गर्न आग्रह गर्नु हुँदै मुख्यमन्त्री राउतले समाजिक रुपान्तरण आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।
नेपाल राष्ट्रिय मारबाडी परिषदका अध्यक्ष पवन मित्तलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघीय सांसद पद्मनारायण चौधरी, प्रदेश नं. २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले नेपालको राजनीतिक आन्दोलन र आर्थिक समृद्धिमा मारवाडी समुदायले खेलेको भूमिका बारे चर्चा गर्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *