Loading...
राष्ट्रपतिकाे सवारीका क्रममा तिब्र गतिले स्कर्टिङ गर्दा कालिमाटीमा भयानक दुर्घटना (भिडियो)

काठमाडौँ, १३ भदौ । म्यानमारका राष्ट्रपतिकाे सवारीका क्रममा कालिमाटीमा भयानक दुर्घटना भएको छ । दुर्घटनाका क्रममा कारगेडमा हिँडेका प्रहरी घाइते भएका छन् । दुर्घटनामा घाइते भएका प्रहरी हवलदार दिनेश श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको छ । मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको र घाइते प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । म्यानमारका राष्ट्रपति लुम्बीनी जानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल जाने क्रममा साे घटना भएकाे हाे । भीभीआईपीको सुरक्षामा खटेका प्रहरीमध्ये सवारीपछि अन्तिम मोटरसाइकल दुर्घटनामा परेको भिडियोमा देख्न सकिन्छ ।

श्रोतः सायमी मानन्धरको फेसबुकबाट

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *