
मिथिला संस्कृति समाज नेपालले मिथिला संस्कृतिक दिशा आ दशा नामक बिचार गोष्ठीको आयोजना काठमान्डूको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेको छ । कार्यक्रममा अहिलेका नेपाल सरकारका संस्कृति मन्त्रिलाइ बोलाए पनि मुख्य आकर्षक राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर थिए ।
ठाकुर आउदा कार्यक्रममा कम्तिमा २०० भन्दा बढीको सहभागिता हुने बुझिएको थियो भने कार्यक्रम राम्रै हुने अनुमान गरिएको थियो । नामै न सुनेको संस्थाले गरेको उक्त कार्यक्रममा ३०-४० जना सहभागी भए भने कुर्शीहरु हाली भएर मान्छे कुरेर बसिरहेका थिए। जति वक्ताहरुले बोले सबैले महन्थ ठाकुर कै कुरा गरेर समय खर्चे भने महन्थको मुख हेर्दा कार्यक्रममा बेकार आए झैँ गरेर बसेका थिए ।हुन् पनि हो उनि जस्ता मधेसका आदर्श नेताको लागि त्यो कार्यक्रममा आउनु आफुलाई बेजती गर्नु सरह नै थियो ।
केहि अतिथिहरुलाई स्टेज मा बोलाइएको थियो । उनीहरु पनि आफ्नो भनाइ राख्दै छिटो छिटो ब्याग झोला कस्दै हतार छ भन्दै भागिरहेका थिए । आयोजक संस्थाका अध्यक्ष कार्यक्रम भरि मोबाइलमा कुनै ठुलै भीआइपी मान्छे झैँ मोबाइलमा झुण्डेका थिए भने कार्यक्रमको उद्घाटनमा समेत भएका ३० -४० जना दर्शक समेत उठेर अभिनन्दन गरेनन ।
महन्थ ठाकुर जस्तो हस्ती नेतालाई बोलाउने आयोजकहरुले ध्यान दिनु जरुरी छ ।
Facebook Comments