Loading...
प्रदेश न.२ मा संघीय प्रेस फोरमको प्रदेश समिति गठन, संयोजकमा सप्तरीका श्याम सुन्दर यादव

रामनारायण कापडि
जनकपुरधाम । संघीय प्रेस फोरम प्रदेश नं. २ को तदर्थ समिति विहिवार गठन भएको छ । जनकपुर स्थित संघीय समाजवादी पार्टी कार्यालयमा भएको प्रदेश भरिको पत्रकारहरुको भेलाबाट श्याम सुन्दर यादवको संयोजकत्वमा १३ सदस्यीय प्रदेश तदर्थ समिति चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा विजय कु्शवाहा ( पर्सा ) र सुरेश यादव ( धनुषा ) चयन भएको छ भने सचिवमा रामनारायण कापडि ( धनुषा ), सह–सचिवमा अभरेन्द्र यादव ( सिरहा ) , कोषाध्यक्षमा राकेश यादव ( रौतहट ) चयन भएको छ ।
यस प्रकार सदस्यहरुमा नागेन्द्र यादव ( महोतरी ), प्रिया सिंह थारु ( सप्तरी ), जितेन्द्र सिंह दनुवार ( सिरहा ), मुकेश मंडल ( बारा ) र मनोज यादव ( सर्लाही ) सर्व सम्मतिले चयन गरिएको छ । 


धनुषा क्षेत्र नं. २ ( २ ) का प्रदेश सांसद तथा वरिष्ठ पत्रकार रामअशिष यादवको अध्यक्षतामा भएको पत्रकारहरुको बैठकमा प्रमखु अतिथि स.स. फोरमका प्रदेश मुख्य सचिव शम्भु झा रहेका थिए भने विशिष्ट अतिथिद्धय प्रदेश सचिव शेषनारायण यादव र सल्लाउदिन अहमद, पार्टी जिल्ला अध्यक्ष चन्देश्वर महतो, पूर्व सांसद उर्मिला साह, महिला नेत्री विन्दु कुमारी यादव, विष्णुदेव साह र प्रेस फोरमका केन्द्रिय उपाध्यक्ष आतिश मिश्र, पत्रकार भोला पासमान, बैधनाथ यादव लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *