
काठमाडौं असोज ५ , अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र महिला गीतकार संघ नेपालले आज राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर साहित्यकार राधेश्याम लेकालीलाइ सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज को अध्यक्ष मा पहिलो पटक नेपाल बाट लेकाली निर्वाचित हुनु भएको हो ।
प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लगायत दर्जनौ वरिष्ठ साहित्यकारको उपस्थितीरहेको उक्त कार्यक्रममा साहित्यकार लेकालीलाइ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिको सम्पन्न निर्वाचनमा पहिलोपटक नेपालबाट अत्यधिक मतका साथ विजयी हुनु भएकोमा बधाइ ज्ञापन गर्दै उहाँलाइ सम्मानीत गरिएको हो ।
कार्यक्रममा अनेसास नेपाल च्याप्टरका कार्यवाहक अध्यक्ष एवम् प्राज्ञ उन्नती बोहरा “शीला” तथा महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारीले साहित्यकार लेकालीलाइ सम्मान पत्रसहित उहाँको कार्यकाल सफलताको लागि बधाइ ज्ञापन गर्नु भएको थियो । त्यसैगरी लेकालीलाइ बरिष्ठ संगीतकार सम्भुजित बास्कोटा, साहित्यकार खगेन्द्र लुइटेल लगायतले बधाई दिनु भएको थियो ।
Facebook Comments