Loading...
प्रेस फोरमको जिल्ला अधिवेशन सम्पन्न, पत्रकारलाई ताकेर अश्रु ग्यास हानेको स्मरण छ – यादव

रौतहट । ६ असोज। संघिय प्रेस फोरम नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिवेशन शनिवार सदरमुकाम गौर स्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । संघिय प्रेस फोरम जिल्ला तदर्थ समिति रौतहटको अध्यक्ष किशोरी यादवको सभापतित्वमा भएको उदघाटन समारोहमा प्रमुख अतिथिको आसन्नवाट सम्वोधन गर्दै प्रदेश २ का कृषि भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले संघियता र लोकतन्त्रको लागि पुर्ण स्वतन्त्र प्रेस हुनुपर्ने बताएका छन ।

संघिय प्रेस फोरम विशुद्ध रुपमा स्वतन्त्र रहेको जिकिर गर्दै राज्यमन्त्री यादवले प्रेस माथि अंकुश लगाउन खोजेका मुलुकमा लोकतन्त्र धरापमा परेको उल्लेख गरे । प्रदेश २ का सरकारले प्रेस स्वतन्त्राको पक्षमा रहेको बताए ।

मधेश आन्दोलनको समयमा गौरमा पत्रकारहरुलाई सटरमा थुनेर सुरक्षाकर्मीहरुले हानेको आश्रु ग्यासको घटनालाई स्मरण गर्दै राज्यमन्त्री यादवले भने सुरक्षा निकायले पत्रकार माथि गर्दै आएको दमन बन्द गर्नु पर्ने धारणा राखे ।

नेपालको संविधानले प्रेस र अभिव्यतिm स्वतन्त्रताको ग्यारेन्टी गरेको परिपेक्ष्यमा प्रेस माथि नियन्त्रण गर्ने सोच लोकतन्त्र गणतन्त्र र संघियताको लागी खतरा रहेको दावी गरे ।

पत्रकारले पनि अरुको मान प्रतिष्ठालाई ख्याल गर्दै सत्य तथ्य समाचार लेख्नु पर्ने सुझाव दिए । पत्रकारलाई मिशन सहित व्यवसायी पत्रकारिता गर्नु पर्ने बताउदै राष्ट्र र समाज प्रति उतरदायित्व निर्वाह गर्नू पर्ने प्रष्ट पारे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले रौतहटमा अहिले परिस्तिले धेरै समस्या निम्तयाएको बताए । पत्रकारको गुट उपगुटको कारण संचारकर्मी सित कुरा गर्न कठिनाई भएको उनको भनाई रहेको छ ।

पार्टीको प्रति आस्था राखेर पत्रकारिता गर्नाले समाजमा नकारात्मक प्रभाव पर्ने सम्भवना बढी देखिएको विशलेषण गरे । संघिय प्रेस फोरमले जिल्लामा देखिएको अनेकतालाई एकतामा परिणत गराउने भुमिका खेल्नु पर्ने धारणा राखे ।

प्रमुख जिल्ला अधिकारी रिजालले गाउ समाजमा देखिएको अन्धविश्वास , विभेद , उत्पिडनमा परेका जात जाती वर्गको वारेमा कलम चलायन पत्रकारहरुलाई सुझाव दिदै कसैको दवाव प्रभावमा नपरि सत्य तथ्य र विश्वसनिय समाचार लेखन आग्रह गरे । बरिष्ठ पत्रकार विनयलाल दासले संघिय सरकारले नया कानुन लागु गरेर प्रेस माथि अंकुश लगाउन खोजेको आरोप लगाए । उनले जारी गरिएको मुलुकी अपराध संहिता २०७४ मा संशोधन गर्न माग गरे ।

संघिय प्रेस फोरम प्रदेश २ को उपाध्यक्ष सुरेश यादवले संघियता ,लोकतन्त्र र गणतन्त्रको बलियो बनाउनको लागि प्रेस फोरमको स्थापना गरिएकोले अधिकार विहिनको अधिकारको लागी अहम भुमिका निर्वाह गर्ने बताए ।

नेपाल पत्रकार महासंघको अध्यक्ष रविन्द्र साहले राम्रो लेख्दा र नराम्रो लेख्दा पत्रकारलाई आलोचना र आक्रमणको शिकार हुनु पर्ने अवस्थाको सृजना भएको बताए । पत्रकारको सुरक्षाको जिम्मेवारी सरकारलाई लिनुपर्ने बताए ।

उदघाटन कार्यक्रममा माधव नारायण नगरपालिकाको प्रमुख विरेन्द्र यादव , फोरमका गौर नगरपालिकाका उपप्रमुख प्रत्यासी शेख अमरुल , युवा नेता एवम रौतहट उधोग वाणिज्य संघका महासचिव रवि यादवलगायतका वक्ताहरुले आ आफनो शुभकामना मनतव्य राखेका थिए ।

जिल्ला अधिवेशनवाट सर्व सहमतिवाट किशोरी यादवको अध्यक्षतामा १९ सदसिय नया जिल्ला कार्य समितिको गठन भएको छ ।

समितिको उपाध्यक्षमा ओम प्रकाश यादव , राम विश्वास मुखिया , सचिवमा चंचल झा ,सह सचिवमा अपर्ण झा , कोषाध्यक्षमा अजित कर्ण , सदस्यमा विश्वनाथ राम , दिपेन्द्र यादव , पप्पु झा , करण मिश्र , दिलिप पाण्डेय , मन्जु कुमारी साह , रिंकी कुमारी साह , जितन यादव , संजिव झा , दिपेन्द्र चौधरी , सल्लाहकारमा बरिष्ठ पत्रकार विनयलाल दास रहेका छन ।

hastachhepkhabar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *