
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास जादु गरेर नभई बिस्तारै योजनाबद्ध तरिकाले मात्र हुने बताएका छन्।
अवतरण पुस्तक विमोचन समारोहमा प्रमुख अतिथिका रुपमा रहेका प्रधानमन्त्री ओलीले उखान टुक्का सुनाउने शैलीमा भने, ‘समाजमा जादू देखाउन खोजेको होइन । विकास गर्न खोजेको हो। हामी जादुगर होइन जादूगरले जस्तो अलमल्याउन। स्याट्ट गर्दा कहिले अन्डा, कहिले रुमाल आउने।’
‘सात महिनामा सातै प्रदेशमा सभाहल बनाउन पर्यो्। धन्न काठमाडौंमा सम्मेलन केन्द्र रहेछ। नत्र राणाहरूको नाचघर रहेको सिंहदरबारमा बस्नुपर्थ्यो प्रतिनिधि सभा र राष्ट्रिय सभा पनि,’ सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, राजधानीको त यस्तो हालत रहेछ। यो अवधिमा कानुनहरु बन्यो।‘
प्रधानमन्त्री ओलीले जनताले दुई तिहाई दिएर सरकारको नेतृत्व गर्ने मौका दिएकाले त्यस्को विश्वासघात नगर्ने बताएका थिए भने ‘मेरो देशको जनताले विश्वास गरेर दुई तिहाई मत दिएका छन्। म विश्वासघात गर्न सक्दिनँ। सुशासन र विकास लक्ष्य हो। म जिम्मेवारी पूरा गर्छु।’
देश संघीयतामा गएको र यो नयाँ चीज भएकोले शुरुमा केही असजिलो भएको र विस्तारै बानी पर्दै जाने प्रधानमन्त्रीले दाबि गर्नु भएको थियो। ‘संघीयता नयाँ चीज हो। स्थानीय निकायहरुले भर्खरै सिक्दैछन्। उपमेयर र उपप्रमुखहरु कतिपय दिदीबहिनी हुनुहुन्छ। भर्खर श्रीमान बन्न लाग्नुभएको। अभ्यस्त त भइसकेका छैनन् नि,’ उनले भने।
Facebook Comments