Loading...
घटस्थापनाको विदा कटौति गर्ने सरकारलाइ धर्म संग खेलबाड नगर्न विश्वहिन्दू महासंघको चेतावनी

नेपालीहरुको महान चाड बडादशैंको सुभारम्भको दिन अर्थात घटस्थापना’ जस्तो ऐतिहासिक पर्वको विदा कटौति गरेको भन्दै नेकपा नेतृत्व सरकारको सर्वत्र आलोचना भएको छ ।

सरकारले जारी विदाले मुलुकको आर्थिक समृद्धिको लक्ष्यमा अवरोध भएको निष्कर्ष सहित कटौती गरेको पर्व रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमीका दिन दिइँदै आएको बिदासमेत कटौती गर्दाका वीच पनि मौन रहेका नेपाली जनताले घटस्थापापनाका दिन विदा दिने अपेक्षा गरेका थिए । तर सरकारले जन अपेक्षाको ठाडो अनादर गर्दै नवरात्री आरम्भको पहिलो दिनको विदा कटौती गरेकोमा विभिन्न संघसंस्थाहरुले संघीय सरकारको भर्त्सना सहित सरकारको रवैयाको आलोचना गरेको हो ।

यस क्रममा विश्वहिन्दू महासंघका महासचिव अस्मिता भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै परम्परा देखि हुदै आएको घटस्थापना दिनको सार्वजनिक बिदा कटौती गरेको सरकारको तिव्र आलोचना गर्दै आफ्नो पूवर्यि दर्शन र सभ्यतालाई नामेट पार्ने किसिमले यस्तो अति महत्त्वको बिदा कटौति गर्नु दुखद् र निन्दनीय बिषय भएको बताएकी छिन । सम्पूर्ण नेपालीका घर घरमा हर्सोल्लासका साथ भगवती नव दुर्गाको पूजा अर्चना गरि मनाउने यस्तो महान पर्वमा दिदै आएको बिदालाई निरन्तरता कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *