
६ कार्तिक, जनकपुर । नेकपा अध्यक्ष प्रचण्डलाई प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबार ओगटेर बसेको सिंहलाई गाउँमा ल्याइछाड्ने चुनौती दिएका छन् ।
उनले भनेका छन् -“प्रदेश सरकारले अब प्रहरी मात्रै होइन, ५ हजार कर्मचारी समेत भर्ना गर्छु । संविधानअनुसार एक वर्षभित्रै ऐनहरु बनाइसक्नुपर्नेमा संघीय सरकारले बनाउन नसकेको भन्दै मुख्यमन्त्री राउतले संविधानअनुसार नै प्रहरी ऐन ल्याइएको जवाफ समेत दिनु भएको छ । अब संघीय सरकारले ढीलो गर्यो भने प्रदेश २ ले लोकसेवा ऐन पनि ल्याउने राउतले चेतावनी जस्तै प्रचण्डलाइ भनेका छन् ।
आज जनकपुरमा नेकपाको प्रदेश कार्यालय उदघाटन कार्यक्रममा मुख्यमन्त्री राउतले प्रचण्डलाई चुनौती दिदै भन्नुभयो- यदि संघीय सरकारबाट कर्मचारी आपूर्ति हुन सकेन भने प्रदेश सरकारले करार ऐन पास गरेर आवश्यक कर्मचारीको पदपूर्ति गर्छ । यहाँकै सक्षम व्यक्तिहरुलाई कर्मचारी नियुक्त गरेर हामी अगाडि बढ्छौं ।’
Facebook Comments