Loading...
प्रेस फोरमको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा दिलीप, पत्रकार गलत छुट्याउने ऐना- यादव

रामसेवक यादव ः
कार्तिक ः २७ गते, कपिलवस्तु
संघीय प्रेस फोरम कपिलवस्तुको प्रथम अधिवेशनले दिलीप कुमार यादवको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । आज भएको प्रथम साधारण सभा एवं प्रथम अधिवेशनबाट सर्वसहमतिले नयाँ कार्य समिति चयन भएको हो । जसको उपाध्यक्षमा सोना खटिक , सचिव निरहू यादव , सहसचिव प्रतिमा विश्वकर्मा , कोषाध्यक्ष देवानन्द ठाकुर र सदस्यहरुमा राम लखन जयसवाल , सविता गुप्ता , कृष्ण बहादुर कुवँर , सुग्रीम यादव , सहबाज खाँन , विनय चौबे लगायत १३ सदस्यीय कार्यसमिति चयन भएको छ । संघीय प्रेस फोरमका जिल्ला अध्यक्ष रामसेवक यादवको अध्यक्षता , संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य एवं विधान सभा सदस्य शहसराम यादवको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा फोरमका जिल्ला अध्यक्ष शैलेन्द्र यादव , जिल्ला सदस्य रामनेवास यादव लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । प्रेस फोरमको खुला उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश सांसद शहसराम यादवले अधिवेशनको सफलताको कमना गर्दै स्वच्छ र निष्पक्ष समाचार संप्रेषण गर्न सम्पूर्ण पत्रकारहरुलाई अनुरोध गरेका थिए । उनले पत्रकार भनेको देशको चौथो अंङ्ग भएको र कुनै पनि कामको सहि गलत छुट्याउने ऐना भएकोले सत्य तथ्य समाचार लेखेर नागरिकलाई सचेत बनाउन र विकासको कार्यमा सहयोग पुर्याउन आग्रह गरे । साथै जिल्लाको दक्षिणी क्षेत्रको समस्यालाई प्राथमिकतामा राखेर समाचार लेख्न र पत्रकार उत्पादन गर्न संघीय प्रेस फोरमले मूल अभियानको साथ अगाडि बढ्नु पर्ने जोड दिएका थिए । नव निर्वाचित सदस्यहरुलाई फोरमका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले अबीर लगाएर बधाइ सहित सफल कार्यकालको शुभकामना दिएका थिए । साधारण सभा एवं अधिवेशन कार्यक्रममा प्रेस फोरमका २० जना सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *