Loading...
प्रदेश २को सरकारसंग मात्र होइन, सातै प्रदेशसंग ओली सरकारको मतभेद छ- सांसद राजेन्द्र श्रेष्ठ

ललितपुर- संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले संघिय सरकार ७ वटै प्रदेश सरकार (मुख्य मन्त्रिहरु) संग टकराव गर्दै समय खेर फालिरहेको आरोप लगाउनु भएको छ ।
सोमबार ललितपुरको बालकुमारी ब्याङ्क्वेटमा नियमित पत्रकार भेटघाट कार्यक्रममा सांसद श्रेष्ठले सो कुरा बताएका हुन् ।

संघीय समाजवादी फोरम नेपालको प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले भन्नु भयो-, “संघिय सरकारले मुख्य मन्त्रिहरुलाई पंच्यातकालको अनच्लाधिश जस्तो ठानी रहेको छ । त्यो भनेको संघियता धरापमा पार्ने खेल हो । अहीलेको प्रधानमन्त्रीले मुख्यमन्त्रिहरुलाइ सिंहदरवारको वरिपरि घुम्ने गुमुवा पुलिस जस्तो बनाउन चाहेको छ “।
एक पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै सांसद श्रेष्ठले संघिय सरकार र प्रदेश न. २ को सरकार तथा मुख्यमन्त्रि संग मात्र मतभेद नभई सात वटै प्रदेश सरकार संग मतभेद भएको दाबि गर्नु भयो । उहाले भन्नु भयो-” त्यसैले पोखरामा सातै प्रदेको मुख्यमन्त्रिहरु भेला भएर भाला कुसारी गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *