
काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा नेतृत्वकाे भूमिकालार्इ लिएर भइरहेकाे बहसकै बेला आज अध्यक्षमण्डलका संयोजक मा महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाइ चयन गरिएकाे छ। आज राजपा नेपालको अध्यक्षमण्डलको बसेको बैठकले यस्तो निर्णय गरेको नवनियुक्त संयोजक महतोले जनाएका छन् ।
आज बसेको अध्यक्षमण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरिएको राजपाका एक नेताले जानकारी दिनुभएको छ । पार्टीको विधान अनुसार अध्यक्षमण्डलको नेतृत्वलाई चक्रीय प्रणालीमा संचालित गर्न मंसिर ५ गते बुधबारदेखि राजपाको संयोजकमा महतोलाई मनोनित गरेको हो ।
साथै सो बैठकले ६ पार्टीबीच भएको एकीकरणको समयमा निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय कार्य समितिको सूचिलाई आधिकारिक मान्दै यसपछि पार्टी संगठनमा भएका सबै प्रकारका नियुक्ति तथा मनोनयनलाई रद्द गर्ने निर्णय गरेको महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Facebook Comments