Loading...
डाक्टरको राजीनामा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाईः चाकडी र घुसको रकम पुर्‍याउन सकिनँ !

काठमाडाैं । वीर अस्पताल, न्यूरो सर्जरी युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजीनामा दिएका छन् ।

अधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्‍याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गर्दै उनले दुख व्यक्त गरेका छन् ।

अधिकारीका अनुसार विगत एक वर्षदेखि तलवविहिन भएर काम गरेको र वीर अस्पतालमा पद खाली रहेको तथा अन्य उम्मेदवार समेत नभएपनि आफूलाई दुख दिने नियतले अन्यत्रै सरुवा गर्न खोजिएको भन्दै राजीनामा पत्र बुझाएका छन् ।

घुस दिन नसकेको र चाकडी गर्न नसेको कारण पूर्वाग्रह साधिएको भन्दै अधिकारीले राजीनामा दिन पुगेको उल्लेख गरेका छन् ।

आखिर किन राजीनामा दिनुभयो भन्ने नेपालपानाको प्रश्नमा अझधिकारीले भने, मन्त्री ज्यूले पनि हुन्छ पनि भन्नुहुन्न, हुन्न पनि भन्नू हुन्न । तपाईँ हुनु पर्ने अो म अचम्मित छु भन्नुहुन्छ ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *