Loading...
१८ करोडको गाडी किन्ने विषयमा लेखा समितिको गम्भीर चासो, रोकिने संकेत, राष्ट्रपति तनाबमा

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागेको विषयमा सार्वजनिक लेखा समितिले छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा समिति सभापति शाहले राष्ट्रपतिको निवास विस्तार गर्न महाराजगन्जस्थित नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान हटाउने तथा उपराष्ट्रपतिको निवास समाजकल्याण परिषद्को भवन लैनचौर सार्नेबारेसमेत छलफल गरिने बताउनु भएको छ ।

उहाले गणतन्त्र नेपालको राष्ट्रपतिका लागि करोडौँको गाडी किन्ने विषयबारे छलफल गरिने समेत बताउनु भएको छ । उहाले भन्नु भयो -“१८ करोडको गाडी किन्ने विषय पनि चासोको विषय हो । हामी यसबारे सरकारसँग छलफल गर्छौं’ आजको नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *