
काठमाण्डौ : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै राजीनामा दिएका वीर अस्पताल, न्यूरो सर्जरी युनिटका प्रमुख प्रा. डा. ध्रुवराज अधिकारीले राजनीतिक रुपमा ‘राजीनामा स्टण्ट’ मा उत्रेको खुलासा भएको छ । पुर्वमन्त्री खगराज अधिकारीका भाई समेत रहेका डाक्टर अधिकारीले राजनीतिक धाक लगाउँदै नियम बिपरित कार्य गर्न उल्टै मन्त्रीलाई दवाब दिएको र उक्त दवाबलाई मन्त्रीले स्वीकार नगरेपछि उनले राजनीतिक पुर्वाग्रहका साथ बद्नाम गर्ने नियतले ‘राजीनामा स्टण्ट’ मा उत्रेको श्रोतको दावी छ ।
समाचार श्रोतका अनुसार नियमित प्रकिृयाबाट हालै ११ औं तहमा बढुवा भएका डा. अधिकारीको पदस्थापना भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको थियो तर उनी एक दिनपनि त्यहाँ हाजिरि भएनन् । भने आफूलेले वीरबाटै तलव–भत्ता लिन पाउनुपर्ने अडानमा थिए ।
वीर अस्पतालका प्रशासन श्रोतले भन्यो -‘हामि उहाँलाई काजमा यँही राख्न पनि तयार थ्यौं, त्यस्कालागि उहाँ एक दिन भएपनि पश्चिमाञ्चल अस्पतालमा हाजिरी हुनैपर्ने हुन्थ्यो जून वहाँले गर्नुभएन बरु उल्टै यँहीबाट आफूले तलव भत्ता पाउनुपर्ने अडानमा बस्नु भयो ।’
‘हामिले यो कार्य नियम विरुद्ध हो भन्दै मन्त्रालय जान आग्रह ग¥यौं’ प्रशासन बिभागका एक उच्च तहका अधिकारीले भने-‘यसमा मन्त्रीजीको कुनै गल्ती मैले देख्दिँन, डाक्टर अधिकारीकै गल्ती छ । उहाँले ‘राजीनामा स्टण्ट’ मा उत्रिनु भएको छ । डा. अधिकारीले मंगलवार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।
सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम पुर्याउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गर्दै उनले दुख व्यक्त गरेका छन् । उनले आफ्नो पत्रमा विगत एक वर्षदेखि तलवविहिन भएर काम गरेको र वीर अस्पतालमा पद खाली रहेको तथा अन्य उम्मेदवार समेत नभएपनि आफूलाई दुख दिने नियतले अन्यत्रै सरुवा गर्न खोजिएको भन्दै राजीनामा दिएका छन् ।
उनले घुस दिन नसकेको र चाकडी गर्न नसेको कारण पूर्वाग्रह साधिएको भन्दै राजीनामा दिन पुगेको उल्लेख गरेता पनि यसकुराको कुनै पुष्टि भने गरेका छैनन ।
यता मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पनि सोही कुरा उल्लेख रहेको छ । हेर्नुस् विज्ञपति :
nagariktimes.com
Facebook Comments