
८ मङ्सिर काठमाडौं। विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा गर्न लागेको जनसभाका लागि देशैभरबाट कार्यकर्ताहरु काठमाडौं भेला भएका छन्।
जनसभामा ५० हजार नागरिकको सहभागिता रहने नेकपाले जनाएको छ। दिउँसो साढे १२ बजेदेखि लैनचौर, बबरमहल र कालीमाटीबाट र्याली निस्कने क्रम जारि छ भने देशैभरबाट कार्यकर्ताहरू राजधानी आएर जम्मा भइसकेका छन्।
जनसभामा प्रमुख वक्ताका रूपमा खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नेछन्। यस्तै, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सम्बोधन गर्ने नेकपाले जनाएको छ।
Facebook Comments