Loading...
सुरक्षाकर्मीलाई लक्षित गरि राखिएको विद्युतीय धरापमा परि प्रमुख सेनानी सहित ७० को मृत्यु

नाइजेरिया। नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हरामले राखेको विद्युतीय धरापमा परी ७० भन्दा बढी सुरक्षाकर्मीहरू मारिएका छन् ।

केही दिन अगाडी भएको घटनामा परी उनीहरू मारिएको सैन्य अधिकारीहरूले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

बोर्नोको मेलेटे क्षेत्रमा बोको हरामले सुरक्षाकर्मीहरूको टोलीलाई लक्षित गरेर राखेको विद्युतीय धरापमा उनीहरू परेको सुरक्षा श्रोतले जनाएको छ ।

मारिएका मध्ये अधिकांश तल्लो तहका सैनिक रहेका छन् भने एक जना प्रमुख सेनानी रहेको समाचारमा जनाइएको छ । तर सैन्य प्रवक्ताले भने यस बारेमा कुनै प्रतिक्रिया दिएक छैनन् । सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *