Loading...
सुरक्षाकर्मीलाइ चुनौती दिदै गर्जिए कार्यकर्ता र भने-“आदेश देउ बिप्लव दाई युद्द लड्न तयार छौ”

मङ्सिर ८, काठमाडौं । नेकपाको जनसभा कार्यक्रमका लागि काठमाडौंका विभिन्न स्थानबाट कार्यक्रम स्थल नजिक पुगेका छन् । यसै क्रममा नेकपाको राप्ति र धौलागिरी ब्युरो र्याली दरबारमाग पुगेको छ ।

देशका विभिन्न कमाण्ड, ब्यूरो र जिल्लाबाट आएको नेता, कार्यकर्ता, समर्थक र सर्वसाधारण र्यालीमा सहभागी छन् । आदेश ‘देउ विप्लव दाई युद्द लड्न तयार छौ’ लगायतका नारा सहित ठाउँठाउँबाट निकालिएका जुलुस मुख्य प्रदर्शनमा सहभागी हुनेछन् ।

शान्तिबाटिकामा हुने भनिएको नेकपाको जनसभा भृकुटीमण्डपमा हुने भएको छ । देशभरबाट जनसहभागिता बढेपछि स्थान परिवर्तन गर्नुपरेको नेकपा जनाएको छ ।

तस्बिर: पत्रकार खकेन्द्र केसी (स्थागल फोटो)

postpati.com.np

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *