
मङ्सिर काठमाडौँ। नेकपाका प्रवक्ता प्रकाण्डले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी १२ वर्षीया बालिकाको हत्यारा पत्ता लगाएर केपी–प्रचण्डको अगाडि सडकमा ल्याएर नेकपाले कारवाही गरेर देखाउने बताएका छन् । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सरकार नपुंशक भएको आरोप लगाएका छन् । काठमाडाैंमा आयोजित जनसभालाई सम्बोधन गर्दै विश्वकर्माले सरकारले जनतालाई झुक्याउने बाहेक अरु काम गर्न नसकेको भन्दै सरकारको चर्को विरोध गरेका हुन् ।
‘नेकपाले अनुसन्धान गर्छ, दोषी पत्ता लगाएर जनतासामू लगाएर कारवाही गर्छ’ उनले भने ‘हत्याकाा घटनामा सरकार बस्ने मान्छेहरु नै संलग्न भएको हुनाले गृह प्रशासन लाचार बनेको छ ।’सभालाई सम्बोधन गर्दै उनले दलाल राज्यसत्ता विदेशी प्रभु शक्तिको सामू झुकेर नेपालको शीर निहुराउने काम गरेको भन्दै सरकार राज्य आतंक फैलाउन लागि परेको समेत आरोप लगाएका छन् ।
निर्मला पन्तको हत्याको विरोधमा संघर्ष गर्ने र त्यसनिम्ति आन्दोलन घोषणा गरिसकेकोले सहभागी हुन प्रकाण्डले अपिल समेत गरे ।
Facebook Comments