
काठमाडौं — नेपाल जस्तो गरिब राष्ट्रका राष्ट्रपतिलाइ १८ करोडको गाडी खरिद गर्न लागेको भन्दै त्यसको विरोधमा पशुपति मन्दिर परिसरमा केही युवाहरुले भीख मागेका छन् ।
सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्।
शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गरेका छन्।
यो रकमबाट नमुना गाडी बनाएर राष्ट्रपतिलाई उपहार दिने योजना रहेको एक नेताले बताएको आजको अन्नपुर्ण पोष्टमा खबर छ । । यस विषयमा इन्जिनियर युवाहरुसँग छलफल भइरहेको उनको भनाइ छ।,
सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवा शनिबार भिख माग्न पशुपति क्षेत्रमा पुगेका हुन्। भिख माग्ने कार्यक्रममा करिब दुई सय युवा सहभागी भएको थियो।
Facebook Comments