Loading...
विवाहपंचमीको तैयारी तीब्र, उत्तर प्रदेशका मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजा पाठ गर्ने

जनकपुरधाम, मंसिर ९ । रामजानकी विवाह महोत्सव भव्य रुपमा मनाउने निर्णय गरेको प्रदेश सरकारले महोत्सवको तैयारी सरकारी स्तरबाट तीब्र पारेका छन ।
जानकी मन्दिर संगको सहकार्यमा प्रदेश सरकारले महोत्सवको तैयारी शुरु गरेका हुन । महोत्सवको तयारी बारी जानकारी लिन र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन मुख्यमन्त्री लालबाबु राउत आफै कार्यक्रमहरु स्थलहरुको निरिक्षण गर्नु भएको हो ।
मुख्यमन्त्री राउत सहित भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोलन , विभिन्न मन्त्रालयका सचिव, जनकपुर उपमहानगरपालिाका मेयर लाल किशोर साह। सुरक्षा निकायका प्रमुखण् सहितको टोलीले स्वयंम्बर स्थल रंग भूमि मैदान, जानकी मन्दिर परिसर सहितको स्थलगत निरिक्षण गर्नु भएको हो ।
मुख्यमन्त्री राउतले विवाहपंचमी महोत्सव र योगीको जनकपुर भ्रमणबारे प्रदेश प्रहरीका प्रमुख डिआइजी हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षकहरु संग सुरक्षा व्यवस्था बारे छलफल समेत गर्नु भएको छ ।
यस वर्षको महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत आउने भएपछि प्रदेश सरकारले महोत्सवलाई थप ऐतिहाँसिक बनाउन लागि परेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी मंसिर २६ गते जनकपुरधाम आई जानकी मन्दिरमा पूजा पाठ गर्नुका साथै रंगभूमि मैदानमा आयोजन हुने स्वयंम्बर कार्यक्रममा समेत सहभागि हुने कार्यक्रम रहेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी २६ गते विहान १० बजे निजी विमानबाट जनकपुर विमान स्थलमा ओर्लिने र त्याहाँ बाट सिधै जानकी मन्दिर पूजापाठका लागि जाने कार्यक्रम रहेको छ । त्यस पछि उहाँ मधेश भवनमा आयोजन हुने सम्मान कार्यक्रममा सहभागी हुने जनाइएको छ । मधेश भवनमा मुख्यमन्त्री लालबाबु राउतले उत्तरप्रदेशका मुख्यमन्त्री योगीको सम्मानमा दिवा भोजको आयोजना गर्नु हुनेछ । सो अवसरमा मुख्यमन्त्री योगी सहित जन्ती बनेका आएका सातु सन्तहरुको लागि भण्डाराको कार्यक्रम समेत राखिएको सचिवालयले जनाएको । मधेश भवनमा हुने दिवाभोज पछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी रंगभूमि मैदानमा जाने र त्यहाँ भगवान राम र माता सिताको स्वयंम्बर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
ई सबै कार्यक्रमलाई प्रदेश सरकारले जनकपुरधाम उपमहानगर पालिका र जानकी मन्दिरको समन्वयमा अगाडी बढाएको । यसका लागि प्रदेश सरकारले यस अघि नै ५० लाख रुपैया विनियोजन गरि सकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *