
सार्वजनिक प्रशासन सम्बन्धी अध्ययन विशेष समितिको, २०७५ को प्रतिवेदन सहित प्रदेश नं. २को सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना सम्बन्धी व्यवस्थागर्न बनेको विधेयक २०७५ माथि प्रदेश सभा सदस्यहरुले उठाएको प्रश्नको विषयमा मिति २०७५÷८÷१० गतेका दिन प्रदेश सभामा मुख्यमन्त्री मा. लालबाबु राउतले दिनु भएको जवावको सार संक्षेप –
१) करार ऐन रहर नभएर वाध्यताः
करार ऐन ल्याउनु हाम्रो कुनै रहर होइन यो वाध्यता हो किनभने संघीय सरकारले अहिलेसम्म कर्मचारी पठाएको छैन जसका कारण यस प्रदेशको विकास हुन सकेको छैन ।
२) प्रदेश सरकारबाट शुन्य विकासः
उचित संख्यामा कर्मचारी नहुदा प्रदेश सरकारले विकासको कार्यक्रम संचालन गर्न नसक्दा विकासका लागि छुट्याइएको बजेट पनि खर्च भएको छैन । यसको जिम्मेवार को हुने ?
३) संविधान बनेको साढे तीन वर्षमा पनि संघीय सरकारले प्रादेशीक लोक सेवा आयोगको मापदण्ड दिएन ः
संविधान बनेको त्यति लामो समय वितिसक्दा पनि संघीय सरकारले अहिलेसम्म प्रादेशीक लोक सेवा आयोगको मापदण्ड दिन सकेको छैन जबकी प्रदेश सरकारले लोक सेवा सम्वन्धि विद्येयक तयार पारी सकेको छ । यसबाट प्रस्ट छ संघीय सरकारले प्रदेश सरकारलाई कर्मचारी भर्नामा सहयोग गर्न चाहदैन ।
४) असंवैधानिक कर्मचारी समायोजन अध्यादेश
संघीय सरकारले असंवैधानिक अध्यादेश ल्याएर कर्मचारी समायोजन गर्न खोज्नु प्रदेश सरकारलाई हेप्न खोजेको तथा संघीयताको मर्म विपरित कार्य गरिरहेको प्रस्ट छ । खासमा संघीय सरकारले असंवैधानिक अध्यादेशमार्फत प्रदेशलाई आफ्नो कर्मचारी भर्ना गर्न नदिने दाउमा छ । अझ सत्ताधारी पार्टीले प्रदेश सरकारको करार ऐन ल्याउनमा पनि अवरोध सृजना गरिरहको छ ।
५) आफैले गरेको सहमतिबाट पछि फर्कनु उचित हुदैन ः
प्रदेश सरकार चाहन्छ करारमा कर्मचारी भर्ना गर्ने समितिमा कर्मचारीको नेतृत्व भन्दा कानून न्याय क्षेत्रमा काम गरिरहेको मुख्य न्यायाधिवक्ता होस जसले गर्दा कर्मचारी भर्ना प्रक्रियासम्वत तथा निश्पक्ष होस । समितिबाट सबैको सहमतिमा पास भएको ऐनबाट पछि हट्नु उचित हुदैन ।
६) अप्पन सासन, अप्पन प्रशासन
जबसम्म यस प्रदेशको युवाहरु प्रशासनमा आउदैन तबसम्म संघीयता कार्यान्वयन हुदैन र उनीहरुको प्रदेश सरकारप्रति अपनत्व अनुभव हुदैन ।
Facebook Comments