
काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा)को आन्तरिक विवाद चुलिएपछि पार्टी फुटको संघारमा पुगेको छ ।
राजपा नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको हो । राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक बनाएपछि सो पार्टीमा विवाद चुलिएको हो । आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले छुट्टै बैठक समेत बोलाएको थियो ।
महन्थ ठाकुर पक्षीय एक नेताले सोमवार बिहान ११ बजे आफू पक्षीय केन्द्रीय सदस्य सदस्य तथा अन्य नेताहरुको बैठक बोलाइएको जानकारी दिए । बैठक बिजुली बजारस्थित तत्कालीन तमलोपाको कार्यालयमा बस्ने जनाइएको छ ।
ठाकुर पक्षीय नेता वृषेशचन्द्र लालको अगुवामा बैठक बस्न लागेको हो । लालले शनिबार नै निकटका नेता तथा कार्यकर्तालाई फोन गरेर बैठकमा बोलाएका छन् । उपत्यका बाहिर रहेका नेताहरु पनि काठमाडौका लागि हिँडिसकेको बताइएको छ ।
राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको सक्रियतामा बैठक बोलाइएको थियो । तर, तिनै नेता लालले पुनः विभिन्न कारण देखाउदै बैठक स्थगित भएको जनाएको नेपालपानालाई जानकारी उपलब्ध भएको छ ।
Facebook Comments