
काठमाडौँ – निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ ।
उहालाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पन्तको शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर प्रकाशित छ । यता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटा निर्मला पन्तसम्बन्धी समाचार सरकारी मिडियामा नल्याउन निर्देशन दिएका छन् ।
केही समयअघि मन्त्रिपरिषद् बैठकको निर्णय सात दिनपछि मात्र सुनाउने भनेर चर्चामा आएका बास्कोटाले हालै सरकारी सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिमा निर्मला पन्त बलात्कारपछि हत्याका सामग्रीलाई स्थान नदिन निर्देशन दिएको बताइएको छ । मधेश आन्दोलनका बेला पनि सत्य तथ्य समाचार यसरी नै राष्ट्रिय मिडियाहरुले लुकाउने गरेका थिए ।
Facebook Comments