
रामशरन याद्व काठमाडौं १७ मंसिर
काठमाडौं, १७ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतविरुद्धको राज्य विप्लवको मुद्दामा छ-छ पटकसम्म तारिख दिएको सर्वोच्च अदालतले अन्ततः बन्दी प्रत्यक्षीकरणको रिट नै खारेज गरेको छ । सोमबार भएको बहसपश्चात् सर्वोच्च अदालतले जिल्लाको मुद्दा भएकोले जिल्लाले नै फैसला दिने भनी बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको हो । राज्य विप्लवकै मुद्दामा तारिख लिन आएका बेला गौरस्थित जिल्ला अदालत रौतहटबाट प्रहरीले डा. राउतलाई पक्राउ गरेको थियो । डा. राउतका दाई जयकान्त राउतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका लागि रिट दायर गराएका थिए । सोही अनुसार जिल्लाबाट सर्वोच्च अदालतमा राउतलाई उपस्थित गराइएको थियो । प्रहरीले ठोस प्रमाण जुटाउन नसक्दा सर्वोच्च अदालतले पटक–पटक तारिख दिँदै आएको थियो । तर, आज बिना कुनै फैसला रिट नै खारेज भएको हो ।
Facebook Comments