
जनकपुरधाम, मंसिर १९ । विवाहपंचमी महोत्सवको अवसर पारेर मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा आज जनकपुरधाममा वृहत सरसफाई गरिएको छ ।
सरसफाई कार्यक्रम वारह्विघा रंगभूमि मैदान, जानकी मन्दिर, राम मन्दिर, जनकचौक, रामानन्द चौक, पिराडी चौक, मधेशभवन लगायतको सरसफाई गरिएको छ ।
सरसफाईमा मुख्यमन्त्री राउतका साथै भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, स्वच्छता अभियानी एवं प्रदेश सभा सदस्य राम अशिष यादव, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुर उपमहानगरका उपप्रमुख रिता झा, मुख्यमन्त्री कार्यालयका सचिव लगायतका टोली ,नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरीका प्रदेश प्रमुखहरु लगायतका टोली र विद्यार्थीहरुको विशेष सहभागिता रहेको थियो ।
Facebook Comments