
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।
पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीले मनोमानी गर्ने गरेको र अहिले पार्टी भित्र ओलीले खेलेको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन्। पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले ओलीको आलोचना गर्न थालेको आजको नागरिक दैनिकमा खबर छ ।
ओलीको कार्यशैलीबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत असन्तुष्ट रहेको स्रोतले बताएको छ। छलफल नै नगरी महत्वपूर्ण विषयमा एक्लै निर्णय गर्ने ओलीको कार्यशैलीप्रति संकेत गर्दै दाहाल निकट एक नेताले भन्नु भएको छ , ‘पछिल्लो समय ओलीको कार्याशैलीमा समस्या देखिन थालेको छ, उहाँको कार्यशैलीप्रति अध्यक्ष दाहाल पनि असन्तुष्ट हुनुहुन्छ।’ सांगठानिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालन विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्दा पार्टी गतिविधि ठप्प भएको नेताहरुको आरोप छ।
Facebook Comments