Loading...
मन्त्री महासेठ काठमाडौँलाइ धुलोमुक्त बनाउदै, प्रदेश २ का मुख्यमन्त्री राउत जनकपुर टल्काउदै

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘सहरी सौदर्य प्रवद्र्धन सघाउ अभियान’ तीब्र बनाएको छ भने मंसिर ८ गतेदेखि सुरु गरेको अभियानलाई निरन्तरता दिने जनाएको छ ।

शनिबारको सफाइ अभियानमा सहभागी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाको अभियानबाट उपत्यका चाँडै धुलोमुक्त हुने बताउनु भयो ।

महानगरले रात–दिन नभनी सरसफाई अभियान जारी राखेकोमा खुसी हुँदै महासेठले मन्त्रालयको पनि सहयोग निरन्तर रहने बताए । सरसफाई अभियान सुरु हुनुअघि बोल्दै मन्त्री महासेठले काठमाडौँ महानगरपालिकाको कामको प्रशंसा समेत गर्नु भयो । यता प्रदेश नो. २ का मुख्य मन्त्रि लाल बाबु राउत ले प्रदेश २ लाइ सफा बनाएर छाड्न कम्मर कसेका छन् । सफाई अभियान अन्तर्गत प्रदेश न. २ को राजधानी जनकपुरलाइ बृहतर सफाई गरिएको छ । उहालाई जनकपुरका विभिन्न संघ संस्थासहित स्थानियले समेत सहयोग गरिरहेका छन् । यसै सफाई अन्तर्गत जनकपुरका स्थानीय तथा चर्चित युवा दिपक ठाकुर सहितका टोलि समेत खटेका छन् ।

आज जनकपुरधाम महा सरसफाई अभियान सम्पन्न भएको छ । यस सफाईमा जनक एरा पब्लिक इङ्गलिश बोर्डिंग स्कूलका बिधार्थीहरु समेत सहभागी रहेका थिए । जनकपुर नगर प्रमुख लाल किशोर साह, युवा अभियन्ता दिपक ठाकुर,वडा अध्यक्ष जानकी राम साह लगायतले जनकपुरलाइ सफा तथा धुलो धुवा मुक्त गरि छाड्ने प्रतिबध्ता जनाएका छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *