Loading...
फोरमले बढायो एकताको हात, राजपासँग एकता गर्न समिति गठन, राजपाले चाहेमा एकता सम्भव

काठमाडौँ – संघीय समाजवादी फोरम नेपालले मुद्दा मिल्ने पार्टी संग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्नका लागि समिति गठन गरेको हो ।

शनिबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच यसअघि पनि विभिन्न समयमा एकीकरणका लागि छलफल भएको थियो ।

दुई दलको बीचमा एकीकरणका लागि दोस्रो तहका नेताहरुको बीचमा पनि पटक–पटक छलफल भइसकेको छ । मधेशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्नका लागि भारतको समेत साथ् रहेको जानकारी प्राप्त भएको छ ।

भदौ २४ गते भारतबाट फर्केका उपेन्द्र यादव असोज १६ गते यसबारे महन्थ ठाकुरकै निवासमा गएर छलफल गरेका थिए । सो भेटमा ‘आफू एकीकरणका लागि तयार रहेको र तपाईंहरु पनि आफ्नो पार्टीमा कुरा गर्नुस्,’ भनेर यादवले ठाकुरलाई भनेका थिए ।

राजपा नेपाल गठन हुनुभन्दा पहिला तत्कालिन सद्भावना र तमलोपासँग पनि फोरम नेपालको एकीकरणको प्रयास भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *