Loading...
भ्रष्टाचार समाप्त होइन सरकार बर्बाद भएको छ, प्रचण्ड र ओली निरङ्कुश शासक- बामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आलोचना भएको छ । बैठकमा आफ्नो फरक मत राखेका नेता बामदेव गौतमले प्रधानमन्त्री ओली र सरकारको चर्को आलोचना गरेका छन् ।

‘बैठकमा पेश भएको अध्यक्षद्धयको राजनीतिक प्रतिवेदन पुरै गलत छ नेता गौतम ले भनेका छन् । नेताहरुको निरङ्कुश शैलीले पार्टीभित्र बोल्न सक्ने अवस्था छैन । रामविर मानन्धर प्रकरणपछि जब नेतृत्वले मेरो चरित्र हत्या गर्ने अभियान चलायो, त्यसपछि मैले बोल्ने हिम्मत गरेँ । नत्र समाप्त पार्छन् भन्ने अनुभूति भयो । पार्टी नेतृत्वको निरङ्कुश शैलीले पछिल्लो समय पार्टी र सरकार बर्बाद भएको छ ।’ बैठकमा गौतमले भनेका थिए ।

बैठकमा गौतमले आफ्ना कुरा राख्दै भने ‘तपाईंहरुले भन्दा मैले पार्टी र आन्दोलनमा कम योगदान गरेको छैन । मैले पनि लिखित सुझाव दिएको छु, त्यसलाई मिलाएर मात्रै प्रतिवेदन पूर्ण हुनसक्छ । भ्रष्टाचार समाप्त भयो भन्ने कुरा विल्कुल गलत हो । एसिया प्यासिफिक समिटले बर्बाद बनायो । त्यसमा सरकारको संलग्नता पुरै गलत छ । न्यूनतम जनताको जनवाद हुनै सक्दैन । समाजवाद हो कार्यक्रम । अब न्युनतम जनवाद हुँदैन, जनताको जनवादको अब काम छैन ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *