
काठमाडौं — गृह मन्त्रालयले पर्यटक भिसामा नेपाल आएर कोटेश्वर कलंकी सडकखण्ड योजनामा कार्यरत पाच चिनिया नागरिकलाई निष्कासन गरेको छ । उनीहरुले पर्यटक प्रवेशाज्ञा भिसा लिएर काठमाडौं रिङरोड सडक आयोजनामा अवैध रुपमा काम गर्दै आएका थिए ।
निष्काशित चिनिया नागरिक सांघाई कन्स्ट्रक्सन ग्रुपअन्र्तगतका कर्मचारी हुन् । अध्यागमन विभागले उनीहरु कामदार हुन् भन्ने आधार नभएको जनाएको छ । निष्कासित हुनेमा ताओ याङ जाइयो जाँ, याङ, जुनुहुई, सिमिङ छाओ र सुएजुङ ली रहेको आजको अन्नपुर्ण पोष्टले समाचार प्रकाशित गरेको छ ।
फोटो फाइल टेप
Facebook Comments