
काठमाडौं — बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजय नारायण श्रेष्ठसहित चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए ।
तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् । कर छलीकै उदेश्यले अर्काको नागरिकता प्रयोग गरी कम्पनी स्थापना गरेको देखिन्छ , अनुसन्धानमा आबद्ध सिआईबीका एक अधिकारीले भनेका छन् -” छानविनमा तानिएमा आफुहरु जोगिने उदेश्य उनीहरुको देखिन्छ । नयाँ पत्रिकाले यो खबर प्रकाशित गरेको छ ।
Facebook Comments