
काठमाडौं — विश्व सम्पदा सुचीमा सुचीकृत बौद्ध स्तुपामा मेलम्ची घ्याङ गुठीले बिजुली राख्न भन्दै अतिक्रमण गरेको छ ।
गुठीले मापदण्ड विपरित बिनास्वीकृति बौद्ध स्तुपामा जथाभावि प्वाल खोजेपछि सरोकारवालाहरुले सो कार्यको विरोध गरेका छन् ।
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पुरातत्व विभागसँग स्वीकृति नै नलिई गुठीले आफुखुसी बत्ति हाल्नलाई प्वाल पारेको बताएका छन् । बत्ति राख्न भन्दै स्तुपामा हजारौँ प्वाला पार्दा स्तुपा कुरुप भएको उहाको भनाइ रहेको छ ।
लामाका अनुसार सो गैरकानुनी कामविरुद्ध पुरातात्व विभाग र संस्कृति मन्त्रालयमा आईतबारै उजुरी हालिएको आजको नागरिक दैनिकमा खबर छ ।
Facebook Comments